एबीसी रेसिडेन्ट सेकेन्डरी स्कुल ११ रनले विजयी
Thursday, December 28th, 2023, 6:20 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, १२ पुष
एबीसी रेसिडेन्ट सेकेन्डरी स्कुलले प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । अर्सद सलमानीले अलराउन्डर प्रदर्शन गरेपछि नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा एबीसीले जिभिएन स्कुललाई ११ रनले पराजित गरेको छ ।
सुरुआतमा ब्याटिङ गदै अलआउट हुनु अघि एबीसीले ९० रन बनाएको थियो । टोलीका लागि कमल विष्टले १९ रन, अर्सद सलमानीले १८ रन र इमरान अलिले १७ रन बनाएका थिए ।
जिभिएनका वलर समिर धोवीले ४ विकेट र सुवास रोकायले २ विकेट लिए । जवाफमा जिभिएनका खेलाडी ७९ रन बनाएर अलआउट भएका थिए । एबीसीका वलर अर्सद सलमानीले ३.५ ओभरमा १४ रन दिएर ७ विकेट लिए । खेलमा अर्सद म्यान अफ द म्याच घोषि भए । उनलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले पुरस्कृत गरे ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् । ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।