युरो बेबी जोन स्कुलले मनायो ‘ह्याप्पी ग्रयान्ड प्यारेन्टस् डे’
Friday, December 29th, 2023, 6:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
नेपालगन्जको युरो बेबी जोन स्कुलले ‘ह्याप्पी ग्रयान्ड प्यारेन्टस् डे’ र ‘आर्ट तथा क्राफ्ट’ प्रदर्शनी कार्यक्रम गरेको छ । शिक्षाको क्षेत्रमा नयाँ अभ्यास गदै आएको युरो बेबी जोन स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरुको हजुरबुबा र हजुरआमालाई शनिबारको कार्यक्रममा सहभागि गराइएको थियो ।
कार्यक्रमको अवसरमा विद्यार्थीहरुले बनाएका विभिन्न वस्तुहरुको प्रदर्शनी गरिएको थियो । उक्त अवसरमा विद्यार्थीले विभिन्न गीतहरुमा आफनो प्रस्तुती प्रदर्शन गरेका थिए । शनिबार भएको कार्यक्रमका सहभागि भएका अतिथीहरुलाई युरो बेबी जोन स्कुलका अध्यक्ष बामदेव न्यौपाने, प्रबन्ध निर्देशक कमल पछाई, प्रिन्सिपल निर्जला श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

……………
बालबालिकाहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागार गदै फरक पुस्ताबिचको अन्तरसम्बन्धलाई प्रगाढ बनाउँदै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले पनि कार्यक्रममा गरिएका युरो बेबी जोन स्कुलका अध्यक्ष न्यौपानेले बताए । पश्चिम नेपालमा प्रविधिको प्रयोग गदै वैज्ञानिक ढंगबाट अध्ययन गराउने विद्यालयको रुपमा युरो बेबी जोन स्कुललाई लिइन्छ । विद्यालयले छोटो समयमै यस क्षेत्रको प्रतिष्ठित विद्यालयको रुपमा छबी बनाएको छ ।

…………..