विश्व स्टे्रन्थलिफ्टीङमा पदक जित्ने खेलाडी सम्मानित
Saturday, December 30th, 2023, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ पुष
भारतमा भएको १०औं विश्व स्टे्रन्थलिफ्टीङ तथा ईन्क्लाईन बेन्च प्रेस प्रतियोगिता-२०२३ मा पदक जित्ने खेलाडीलाई नेपालगन्जमा सम्मान गरिएको छ । भारतको हैदरावादमा गत पुष २ देखि ५ गते सम्म भएको प्रतियोगितामा स्वणर् पदक जित्ने डा. प्रतिक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई सम्मान गरिएको हो ।
विजेता खेलाडीलाई नेपालगन्जको लाईफ लाईन हस्पिटल, गणपति डेन्टल क्लिनिक र बाँके जिल्ला स्टे्रन्थलिफ्टीङ संघले संयुक्त रुपमा सम्मान गरेको हो । भारतमा ऐतिहासिक सफलता प्राप्त गर्ने डा. प्रतिकले प्रतियोगिताको ९५ केजी तौल समुह अन्तर्गत सिंगल विधामा र ७६ केजी तौल समुह अन्तर्गत मास्र्टस विधामा सन्तोषले पदक जितेका थिए ।

…………..
उक्त प्रतियोगितामा नेपाल टिम दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । भारतले प्रतियोगितामा टिम च्याम्पियनको ट्रफी जितेको थियो । शनिबार एक कार्यक्रमका बिच लाईफ लाईन हस्पिटलका संचालक अशोक श्रेष्ठ, डा. पारस श्रेष्ठ, गणपति डेन्टल क्लिनिकको तर्फबाट डा. प्रतिक श्रेष्ठ र बाँके जिल्ला स्टे्रन्थलिफ्टीङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
प्रतियोगितामा नेपालगन्जका अनिल सिंह सिजापति, देबेन्द्र सिंह र मोहित गुप्ताले पनि भाग लिएका थिए । नेपालबाट सहभागी भएका ३१ जना खेलाडी मध्ये २५ जना खेलाडीले ३४ वटा पदक जित्दै प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका थिए । बाँके जिल्ला स्टे्रन्थलिफ्टीङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यका अनुसार बाँकेमा करिब ७० जना खेलाडीले स्टे्रन्थलिफ्टीङ खेल खेलिरहेका छन् । उनीहरुले प्रशिक्षण र प्रतियोगिता खेल्नेको अवसर पाए अझ सफलता प्राप्त गर्ने कर्माचार्यले बताए ।
लाईफ लाईन हस्पिटलका संचालक अशोक श्रेष्ठले आफु पनि पुर्व खेलाडी रहेको बताउँदै खेल र खेलाडीको सहयोगका लागि सधै सकारात्मक भएको बताए । उनले भने,‘हाम्रो हस्पिटलको सुरुआत नै सामाजिक कार्य गदै भएको हो । त्यसैले खेलाडीलाई सहयोग गर्न हामी सधै तयारी छौं । भारतमा जितेको पदक हाम्रो लागि गर्वको कुरा हो । आगामी दिनमा उहाँहरुले थप सफलता प्राप्त गर्न सक्छन भनेर हामी हौसला बढाउन सम्मान गरेका हौं ।’ बाँके जिल्ला स्टे्रन्थलिफ्टीङ संघका उपाध्यक्ष सौरभ कर्माचार्यको अध्यक्षमा भएको सम्मान कार्यक्रममा खेलकर्मी र पत्रकाहरुको सहभागिता रहेको थियो ।