स्व. लाल प्रसाद गुरुङ स्मृति पुरस्कारबाट मन बहादुर गुरुङ सम्मानित
Monday, January 1st, 2024, 5:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ पुष
तमु (गुरुङ) जातिको महान पर्व ल्होसार २०८० मुप्री ल्हो (गरुड बर्ग) को उपलक्ष्यमा पौष १४ गते शनिबारका दिन ‘तमु जातिको ईतिहास र बाँके जिल्लामा तमु जातिको बिगत र बर्तमान अवस्था’ बिषयक अन्तकृया कार्यक्रम तथा स्व. लाल प्रसाद गुरुङ स्मृती पुरस्कार एंव सम्मान कार्यक्रम सम्पन्न भएको छ । तमु जातिको ईतिहास र बाँके जिल्लामा तमु जातिको बिगत र बर्तमान बिषयमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश न. ५ का सहसचिव शोभा तमुले प्रस्तुत गर्नु भएको कार्यपत्रमा सहभागीहरु बिच छलफल भएको थियो ।
यो कार्यक्रमले तमु जातिको ईतिहासको सम्बन्धमा अहिलेको पिढिले केही जानकारी पाउनुको साथै बाँके जिल्लाको तमु जातिहरुको बिगत देखि बर्तमान सम्मको अवस्था बारे जानकारी गराईएको थियो ।
उक्त अवसरमा स्व. लाल प्रसाद गुरुङ स्मृति पुरस्कारबाट नेपालगन्ज ४ निवासी श्री मन बहादुर गुरुङ (लामो समय देखि बाँके जिल्लाको यश संगठनको विभिन्न पदमा रहि तमु जातिको मौलिक भाषा , धर्म, भेषभुष, संस्कृतिका लागि योगदान पुरयाए बापत) लाई नगद सहित दोसल्ला , खादा ओढाएर , सम्मान पत्रले सम्मान गरिएको थियो ।
…………
स्व. लाल प्रसाद गुरुङ अक्षयकोष स्थापर्नाथ वहाँको कान्छी छोरी संगिता गुरुङ र ज्वाइँ राजकुमार गुरुङ ( हाल यु.एस.ए.) बाट रु. १००,०००÷– को रकम प्रदान गरिएको थियो । आइतबार सम्पन्न कार्यक्रमको आयोजक तमु ह्युल छोज धि जिल्ला कार्यसमिती बाँके , समन्बय तमु ह्युल छोज धि लुम्बिनी प्रदेश न ५ र आर्थिक सहयोग स्व. लाल प्रसाद गुरुङ अक्षयकोषको रहेको थियो । कार्यक्रम बाँके जिल्ला अध्यक्ष भिम तमुको अध्यक्षता ,केन्द्रिय सदस्य अनिता तमुको प्रमुख आतिथ्य , बरिस्ठ सल्लाहकार सुन्दर तमु, पुर्ब अध्यक्ष चेत बहादुर तनु, नेपाल तमु विद्यार्थी बाँके जिल्ला अध्यक्ष प्रकाश तमु , तमुस्यो ह्युल छोज धि बाँके अध्यक्ष अन्जु तमु , पुर्ब जिल्ला उपाध्यक्ष गन बहादुर तमु लगायत ३२ जना तमु तमुस्योहरुको सहभागितामा सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मतब्य बिमला तमुले गर्नु भएको थियो ।