उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिदैं जनता माविका पुर्व विद्यार्थी
Wednesday, January 3rd, 2024, 11:54 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ पुष
जनता मावि पूर्व विद्यार्थी समाज सन्तकुटी खजुरा बाँकेको आयोजनामा तथा श्री जनसेवा मावि पुरैना गिजराको सहकार्यमा विद्यार्थीहरुलाई उत्प्रेरणा कार्यक्रमको चौथोे श्रृंखला सम्पन्न भएको छ । मंगलबार भएको चौथो श्रृंखलाको उत्प्रेरकको रुपमा यस समाजका आजिवन सदस्य, समाजका सल्लाकार रजिष्टर लेखा परिक्षक भुवन प्रसाद गैरे रहनु भएको थियो ।
जनता मावि पुर्व विद्यार्थी समाजले आयोजना गरेको उत्प्रेरणा कार्यक्रमको चौथो श्रृंखलामा समाजका सल्लाकार रजिष्टर लेखा परिक्षकले शिक्षाको महत्वको वारेमा विद्यार्थीहरुलाई सकारात्मक उत्प्रेरणा प्रदान गरेका थिए ।गैरेले कार्यक्रममा विद्यार्थीको लागि शिक्षाको महत्वको वारेमा जानकारी गराउनुका साथै हाफुले जीवनमा भोगेका तिता मिठा अनुभवहरु समेत सुनाएका थिए । कार्यक्रममा करिव १ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जनता मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका अध्यक्ष शर्माले आफुहरुले पहिलो पटक यसरी कार्यक्रम श्री जनता मावि सन्तकुटी खजुरा वाहिर पहिलो पटक गरेको बताए । उत्प्रेरण कार्यक्रम जनसेवा माविमा संचालन गर्दा आफुहरुलाई थप जिम्मेवारी प्राप्त भएकोे वताउँदै आगामी दिनमा पूर्व विद्यार्थी समाजले विपन्न वर्गका केही विद्यार्थीहरुलाई सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयको सहयोग र साथ पाउदा आफुलाई खुसी लागेको र आफु समाजको सकारात्मक कार्यमा जहिले पनि लाग्ने र हातेमालो गर्न तयार रहेको शर्माले बताए ।

……………..
समाजको यस अभियानमा सहयोग गर्नुहुने सहयोगीहातहरुलाई उनले धन्यवाद दिएका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण मानुभावहरुलाई जनसेवा माविका प्रधानाध्यपक तथा पूर्व विद्यार्थी समाजका सदस्य सचिव टंकनाथ दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश यादवले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यक्रमको उद्देश्य माथी प्रकाश समाजका कोषाध्यक्ष रत्ना कार्कीले गरेका थिए । कार्यक्रमको वारेमा जनता मावि पूर्व विद्यार्थी समाजका संरक्षक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापा समेत मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्व विद्यार्थी समाजको अध्यक्ष झविलाल शर्माले जनसेवा माविका अध्यक्ष राजेश यावदलाई ८ थान ७५लि.को डष्टविन हस्तान्तरण गरे । कार्यक्रममा समाजका सह–सचिव सुजाता खरेलले नृत्य प्रस्तुत गरेकी थिईन भने कार्यक्रमको संचालन समाजका सचिव ई. विवेक लामिछानेले संचालन गरेका थिए ।

…………..