सिटिजन्स बैँकको ऋण लगानीमो सिदि खोला जलविद्युत आयोजना निर्माण गरिने
Thursday, January 4th, 2024, 5:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ पुष
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको एकल ऋण लगानी गर्ने गरी प्रदेश नम्बर १ को ईलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सुर्योदय नगरपालिका र रोङ गाँउपालिका) मा विद्युत उत्पादन गरिने भएको छ ।
निर्माण हुने सिद्घि हाइड्रोपावर कम्पनी लि प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिदि खोला जलविद्युत आयोजनामा प्रवद्र्धक कम्पनी र बैँक बीच विहिबारको वित्तीय व्यवस्थापनको लागि सम्झौतामा भएको छ ।
सम्झौता पत्रमा बैंकको प्रमुख–कन्र्सोटियम-इन्फ्रास्ट्रक्चर बैंकिंग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन । परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधीको व्याज बाहेक) मा बैंकले ७५.२५ को ऋण: स्वपुँजी अनुपातमा १ अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधीको व्याज सहित बांकी लागत प्रवद्र्धकहरुबाट स्वपुँजी जुटाइने छ ।
सो आयोजनाले आगामी २.५ वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घन्टा र बर्षामा ४६.९११ गिगावाट घन्टा गरी बार्षिक ५५.७१६ गिगावाट घन्टा विद्युत उत्पादन गरिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५१ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ९६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।