बेवारिसे बन्दै सडक निर्माणमा प्रयोग भएका कम्प्रेसर मेसिन
Friday, January 5th, 2024, 6:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २० पृष
नेपाली सेनाले जाजरकोट-डोल्पा सडक हस्तान्तरण गरेको पनि पाँच बर्ष बितिसकेको छ । भेरिकरीडोर अन्तरगतको जाजरकोट-डोल्पा सडक निर्माणको जिम्मा लिएको नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेर नेपाल सरकार सडक विभागलाई हस्तान्तरण गरेको थियो ।
आब २०६५/०६६ देखि जाजरकोटको पासागाडलाई शुरुवाती विन्दु मानेर डोल्पाको सदरमुकाम दुनै सम्मको सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरेको थियो । तर सडकको ट्रयाक खोलेर सडक नेपाल सरकारलाई हस्तान्तरण भएको पाँच बर्ष वित्तिसक्दा नेपाली सेनाले त्यसताका सडक निर्माणमा प्रयोग गरेका दुई दर्जन कम्प्रेसर मेसिन भने सडकमा बेवारिसे बनी कवाडीमा परिणत हुँदै गएका छन् ।
जाजरकोट-देखि डोल्पाको सदरमुकाम सम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेर सदरमुकाम दुनै देखि ल्यासिक्याप हुँदै उपल्लो डोल्पाको धो सम्मको सडक निर्माणको जिम्मेवारी पाएर ट्रयाक खोल्ने आसामा केही समय पर्खाईमा रहेको नेपाली सेना अन्ततोगत्वा जिम्मेवारी नपाएपछि त्रिपुरासुन्दरी नपा-५/६ मा पर्ने खदाङ निर्माण बेसक्याम्पबाट २०७५ को अन्त्यमा फिर्ता भयो ।
उपल्लो डोल्पा सम्मको सडक निर्माणमा प्रयोग गर्न सकिने गरि डोल्पाका विभिन्न ठाउँमा राखिएका कम्प्रेसर मेसिन नेपाली सेनाले सडक हस्तान्तरण गरेको लामो समय वित्तिसक्दा पनि कुनै जिम्मेवारी नपाएपछि अन्योलतामा बेवारिसे जस्तै बनी कवाडीमा परिणत भईरहेका छन् ।
तत्कालिन जाजरकोट-डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कणर्ेल बिश्वबन्धु पहाडीले सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा सम्मकै जिम्मेवारी नेपाली सेनाले लिएर सडक निर्माण गर्ने थियो तर विविध राजनितीक चलखेलले जिम्मेवारी प्राप्त हुन नसकेको बताए ।
कहिले माथिल्लो डोल्पाको जिम्मेवारी पाइयो भने दुनै देखि माथि बढ्दा मेसिन चाहिन्छ भनेर राख्यौं । तर लामो समयसम्म अन्योल भयो यसले गर्दा कडाचट्टानि भिर खोल्न ड्रिल मेसिनलाई प्रेसर दिन प्रयोग गरिने कम्प्रेसर मेसिन राख्दा राख्दा खिया लागि कवाडीमा परिणत हुन थालेको कणर्ेल पहाडीले स्विकारे ।
उनले भने नेपाली सेना डोल्पा छोड्दा जाजरकोट -डोल्पा सडक खण्ड अन्तरगत एक दर्जन बढि ठाउँमा पुल नभएकाले ढुवानी समस्याले तेतै थन्क्याएर राख्नु परेको हो । हेलि अर्थात अन्य माध्यमबाट फिर्ता ल्याउदा खरिद मूल्य भन्दा बढी खर्च हुने कतिपय सडक निर्माणको क्रममा विग्रेर काम समेत नलाग्ने भएकाले पनि सडक निर्माण स्थलमै छाडिएको कणर्ेल पहाडीको भनाई थियो ।
पछिल्लो समय दुनै देखि उपल्लो डोल्पा जोड्ने सडक निर्माणको जिम्मेवारी पुन नेपाली सेनालाई दिनु पर्ने माग भइरहेको छ ,यदि सेना वा अन्य निकायले पाएपनि त्यस समय प्रयोग गर्न मिल्ने कण्डिसन ठिक भएका कम्प्रेसर मेसिन प्रयोग आउने पनि तत्कालीन सडक निर्माण कार्यदलका प्रमुख कणर्ेल पहाडीले बताए ।