सहायताका लागि सहयोगी हातहरु संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न
Saturday, January 6th, 2024, 5:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ पुष
सामाजिक कार्य गर्दै सहायताका लागि सहयोगी हातहरु संस्थाले आफनोे प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
खजुरा गाउँपालिका वडा नम्बर–४ मा रहेको उक्त संस्थाले शनिबार फरक ढंगले कार्यक्रमको उद्घाटन गर्ने क्रममा सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।
खजुरा गाउँपालिकाको डि गाउँमा रहेको फरक क्षमता भएका बालबालिकाहरु अध्ययन गर्ने गरेकोे नेरा आधारभुत निमावि विद्यालयलाई कपी र डटपेन लगायतका सामाग्री हस्तान्त्रण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी बागेश्वरी उपशाखाको भवनमा भएको कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष टेक बहादुर खड्का, प्रखर परोपकार मिसन नेपालका अध्यक्ष महेन्द्र मल्ल, नेपाल रेडक्रस वागेश्वरी उप–शाखाका सभापति जीवनाथ सापकोटा, नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश कुमार सिजांली, इलाका प्रहरी कार्यालय धनौलाका इन्चार्ज अशोक मल्ल, भुपु सैनिक इकाई खजुराका अध्यक्ष दिप बहादुर थापा, नेकपा माओवादी केन्द्र खजुराका अध्यक्ष राज कुमार विक, संस्थाको आजिवन सदस्य वेधनिधी प्याकुरेल, शिवराज देवकोटा, कल्पना तामाङ लगायतको उपस्थिती रहेको थियो ।
सहायताका लागि सहयोगी हातहरु संस्थाको अध्यक्ष पुष्पा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष सियाराम पथिकले स्वागत मन्त्वय राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव विकासहरी कोइरालाले गरेका थिए ।
११ जना आजिवन सदस्य र ५३ जना साधारण सदस्य रहेको संस्थाको वार्षिक साधारणसभामा सह–सचिव समसुदुहा खा(बदाम)ले सागठनिक प्रतिवेदन, कोषाध्यक्ष तुलाराम गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले महिला, बालबालिका, जेष्ठ नागरिक र कृषि क्षेत्रमा काम गर्दै आएको सचिव कोइरालाले बताए ।
संस्थाले समाजको आवश्यकता अनुसार दैनिक जीवन यापन गर्नको लागि आवश्यक स्रोत व्यवस्थापनको लागि आय आर्जन पश्चात स्वरोजगार मुलुक कार्यक्रम गर्दै आएको कोइरालाले बताएका छन् । यसका साथै संस्थाले आगामी दिनमा चेलीबेटी बेचविखन र देह व्यापारलाई न्युनिकरण गर्न योजना बनाइरहेको अध्यक्ष पुष्पा सुनारले बताईन् ।
अध्यक्षमा पुष्पा सुनारः
शनिबार भएको वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । माधव शर्माको संयोजकत्वमा निर्वाचन सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिको अध्यक्षमा पुष्पा सुनार, उपाध्यक्षमा सियाराम पथिक, सचिवमा विकाश हरी कोइराला, सह–सचिवमा समसुदुहा खाँ(बद्दाम), कोषाध्यक्षमा तुलाराम गिरी रहेका छन् । संस्थाको सदस्यहरुमा जमुना दाहाल, शिवराज देवकोटा, गंगा ओली, रमेश यादव निर्विरोध चयन भए ।