सुरु भयो नेपालगन्जमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी
Tuesday, January 9th, 2024, 7:03 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, पुष २४ गते
महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु भएको छ । मंगलबार नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गर्नु भयो । पुष २४ देखि २८ गते सम्म चल्ने प्रदर्शनीमा सुदुरपश्चिम, कणर्ाली र लुम्बिनी प्रदेशका महिलाहरुले स्थानीय कच्चा पदार्थ र वस्तुको प्रयोग गर्दै उत्पादन गरेका सामानहरु बिक्रीका लागि राखिएको छ ।
महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको प्रदर्शनी निःशुल्क रुपमा अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । नेपालगन्ज उप-महानगरपालिकाको सहयोगमा सुरु भएको प्रदर्शनीमा ६५ भन्दा बढी स्टल रहेका छन् । मंगलबार प्रदर्शनीको उद्घाटन गर्दै नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्टले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउन प्रदर्शनीले सहयोग गर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘महिलाहरुलाई राजनिति रुपमा आरक्षण मात्र दिएर हुँदैन । जनस्तरबाट महिलाको आर्थिक पक्षलाई सुधार गर्न सकेमात्र राजनिति रुपमा दिइएको अधिकारको संरक्षण हुन्छ । महिलाहरुको उत्पादन र क्षमतालाई विकास गर्ने कार्यमा नेपालगन्ज उप-महानगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।’
महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्न महिला उद्यमी संघको कार्यालय, कोशेली भवनलाई सहयोग गर्दै औद्योगिक ग्राम निर्माण गर्ने योजना बनाएर काम गर्ने मेयर विष्टले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘नेपालगन्ज पश्चिम नेपालको व्यापारिक केन्द्र हो । यहाँ जनसंख्या धेरै छ । पहाडी र अन्य जिल्लामा उत्पादन भएका उत्पादनको बजार यहाँ छ । त्यसैले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नको लागि नेपालगन्ज महत्वपुणर् केन्द्र विन्दु बन्न सक्छ । यसका लागि नेपालगन्जले सहयोग गर्न तयार छ ।’
…………
कार्यक्रमको विशिष्ट अतिथीको रुपमा बोल्दैं अध्यक्ष ज्ञवालीले देशभरी नै महिला उद्यमी संघको शाखा मध्ये बाँकेले उत्कृष्ट काम गरिरहेको बताउनु भयो । महिलाहरुको आर्थिक सशक्तिकरणको पाटोमा बाँकेले गरिरहेको काम महत्वपुणर् भएको उहाँले भनाई राख्नु भयो । प्रदर्शनीले महिला उद्यमी दिदीबहिनीको आर्थिक रुपमा चौतर्फी विकासको लागि सिकाई हुने ज्ञवालीले बताउनु भएको थियो ।
उद्घाटन कार्यक्रमको अवसर पारेर आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा बस्नेत र प्रमुख अतिथी विष्टले महिला उद्यमीको प्रवद्र्धनमा महत्वपुणर् योगदान गरेको भन्दैं चार जना महिला उद्यमीलाई सम्मान गर्नु भयो ।
आयोजकले महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, महासंघको केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा र कणर्ाली प्रदेश संयोजक शिला नेपालीलाई सम्मान गरेको थियो । महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै अध्यक्ष साबित्री बस्नेतले बताउनु भयो । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुको रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताउनु भयो ।
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शन भैरहेको प्रदर्शनीमा लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर-गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल राखिएका छन् ।
नेपालगन्ज उप-महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा प्रदर्शनी भैरहेको छ । प्रदर्शनी कार्यक्रमका दौरान हामीले महिला उद्यमीहरुको समस्या र नयाँ सम्भावनाको खोजि गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ ।
मंगबार महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघको दिृतिय उपाध्यक्ष आभा गौतमले स्वागत मन्त्वय राख्नु भएको थियो । महासंघको महासचिव सरिता शाक्यले संचालन गरेको कार्यक्रममा आठौ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी संयोजक एवम संघको प्रथम उपाध्यक्ष रेवती सिंहले प्रदर्शनीको बारेमा जानकारी गराउनु भएको थियो ।