मेल्विन जोन्सको जन्मोत्सव पारेर बैजनाथमा न्यानो कपडा वितरण
Thursday, January 11th, 2024, 7:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुष
लायन्सका संस्थापक मेल्बिन जोन्सको १४५औं जन्मोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको आयोजनामा बैजनाथमा कार्यक्रम सम्पन्न भएको छ ।
बैजनाथ– ४ बनियाभर स्थित दिर्घ कालिन अपाङ्ग पुर्नस्थापना केन्द्रमा रहनु भएका २१ जना शारिरिक रुपले अपाङ्ग वृद्ध, बालक, असहायहरुका लागि न्यानो कपडा कम्बल , पि फर्म र डाईपर बितरण गरिएको छ ।
उक्त कार्यक्रम ईनोभेटिभका अध्यक्ष सुशिला सिंह चन्दको अध्यक्षता र डिस्ट्रीक गबर्नर मुकुट ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
विश्वको सबै भन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्बिन जोन्सको १४५ औं जन्मोत्सव डिस्ट्रिक्ट ३२५ एन अन्तर्गत एरिया नं. ४ बाँके जिल्लामा विभिन्न कार्यक्रम भैरहेको छ ।
पौष २२ गते देखि २८ गते सम्म लायन्स क्लबहरुले सामाजिक, स्वास्थ , बातावरण लगायतका बिबिध क्षेत्रमा काम गर्दै मनाई रहेको छ भने ईनोभेटिभ क्लबले न्यानो कपडा कम्मल, पि फर्म र डाईपर बितरण कार्यक्रम गरेको हो ।
कार्यक्रम संयोजक तथा एक्जुकेटिभ चिफ लायन्स सरिता शाक्यले कार्यक्रमको उद्देश्य र कार्यक्रम माथी प्रकाश पार्नु भएको उक्त कार्यक्रममा लायन्स मिना ढकाल फस्ट लेडि, क्याबिनेट सेक्रेटरी उमा थापा मगर, क्याबिनेट ट्रेजर लायन्स तेज प्रकाश अधिकारी, सिनियर एक्जुकेटिभ चिफ लायन्स चिन्तामणी धिताल, एरिया सेक्रेटरी लायन्स राजु रिजाल, रिजन चियरपर्शन लायन्स बिनय श्रेष्ठ, पुर्नस्थापना केन्द्रका व्यबस्थापक टेकराज जैसी, संचारकर्मी तथा ईनोभेटिभ सदस्य शंकर खनाल, क्लबका कोषाध्यक्ष शोभा श्रेष्ठ, लियो क्लब अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

……………….
उक्त कार्यक्रमको संचालन ईनोभेटिभ सदस्य लायन्स शोभा गुरुङले गर्नु भएको थियो ।