मेल्बिनको जन्मोत्सवमा सामाजिक कार्य गर्दै लायन्स क्लब अफ नेपालगन्ज भेरी
Friday, January 12th, 2024, 6:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ पुष
लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४५औं जन्मोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरीले विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ । लायन्स क्लब अफ नेपालगन्ज भेरी र थोपा प्रयोगशालाले नेपालगन्जको संयुक्त आयोजनामा नेपालगन्जमा जारी आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी स्थलमा निःशुल्क मधुमेह र उच्च रक्तचापको परिक्षण गरेका थिए । जसमा २ सय ५० भन्दा बढीको परिक्षण गरिएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको प्रदर्शनीमा भएको कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर सेम शाक्य प्रमुख प्रमुख अतिथि, अतिथिको रुपमा जोन चियरपर्सन सुष्मा सुवेदी रहनु भएको थियो ।
यसैगरी महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा सहभागि भएका महिला उद्यमीलाई पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको थियो ।
स्त्रीरोग विशेषज्ञ डा. फरहत बानुले पाठेघरको मुखमा हुने क्यान्सर रोगको बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री पोखरेल बस्नेत, लायन्स क्लब अफ नेपालगन्ज भेरी अध्यक्ष स्नेहलता श्रेष्ठ, जोन चियरपर्सन सुष्मा सुवेदी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी शुक्रबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्जमा रहेको निलसागर आश्रममा २० हजार रुपैयाँ बराबरको २५ वटा कम्बल, न्यायो कपडा, सुत्केरी आमालाई आवश्यक पर्ने सामाग्री र खाना वितरण गरिएको छ । यसका साथै आश्रमको भवन निर्माणमा क्लबका सदस्य साबित्रा शर्माले १५ हजार नगद सहयोग गर्नु भएको छ ।
लायन्स क्लब अफ नेपालगन्ज भेरीले मानवसेवा आश्रममा २० हजार बराबरको खाद्य सामाग्रीहरु दाल, चामल, तेल, बेसार, तरकारी लगायत माघे संक्रान्ती पर्वको लागि खिचडी सामाग्री बनाउने मासको दाल, चामल घिउँ वितरण गरिएको छ । उक्त सामाग्री हस्तान्त्रण कार्यक्रममा अध्यक्ष स्नेहालता श्रेष्ठ, जोनचियर पर्सन सुष्मा सुवेदी लगायतको सहभागिता रहेको थियो । सहयोग हस्तान्त्रणमा साबित्रा शर्मा, डा. रोमा बोरा, प्रतिभा देव तथा सम्पुर्ण क्लबका सदस्यहरुले गर्नु भएको थियो ।

…………..

………….

……………

………..

……….