महिला उद्यमी बस्नेतको निधन
Saturday, January 13th, 2024, 4:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुष
दाङको भालुबाङमा भएको बस दुर्घटनामा परी नेपालगन्जकी महिला उद्यमी कुसुम बस्नेतको निधन भएको छ । उनी महिला उद्यमी संघ नेपाल बाँकेका पूर्वअध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघको पूर्वकार्यसमिति सदस्य हुन् ।
बस्नेत २०६८ सालदेखी २०७० सम्म महिला उद्यमी संघ बाँकेको अध्यक्ष भएकी थिइन । ६० वर्षिया बस्नेतले नेपालगन्जमा लामो समयदेखी छापाखाना लगायत व्यवसाय सन्चालन गर्दै आएकी थिइन् ।नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर शुक्रबार राती दुर्घटनामा परेको थियो ।
पुर्बअध्यक्ष बस्नेतको निधनले अपुरणीय क्षति पुगेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा बस्नेतले बताइन । ॅउहाँको निधनले महिला उद्यमी संघ बाँकेमा ठुलो क्षति पुगेको छ,’ उनले भनिन ।
पुर्बअध्यक्ष बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै नेपालगन्जमा जारी लुम्बिनी प्रदेश स्तरिय महिला उद्यम प्रदर्शनीमा शनिबार (आज) गर्न लागिएको सम्मान कार्यक्रम स्थगित गरिएको छ । ॅहाम्रा पुर्ब निर्धारित कार्यक्रम सबै स्थगित गरेका छौँ,’ अध्यक्ष बस्नेतले भनिन ।
सफल महिला उद्यमी बस्नेतको निधनले ठुलो क्षति पुगेको नेपालगन्जका उद्योगी, ब्यवसायीले बताएका छन । सामाजिक संजालमार्फत धेरैले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन ।