भेरी सहकारीको २८औं साधारण सभा सम्पन्न, तिन जना सम्मानित
Saturday, January 13th, 2024, 5:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ पुष
बाँकेको पुरानो सहकारी भेरी सहकारी वित्तीय संस्था लिमिटेडको २८औं साधारणसभा सम्पन्न भएको छ । शनिबार भेरी प्राविधिक शिक्षालयमा साधारण सभा सम्पन्न भएको हो । सहकारीले आर्थिक वर्ष २०७९–८० मा १ करोड ५५ लाख ५९ हजार २ सय ३५ हजार रुपैयाँ नाफा गरेको प्रबन्धक शोभा गुरुङले बताउनु भयो ।
नेपालगन्जमा प्रधान कार्यालय रहेको भेरी सहकारी संस्थाको शेयरपूजी २ करोड ७२ लाख ६२ हजार ४ सय रुपैयाँ रहेको छ । २०५२ साल चैत १ गते स्थापना भएको भेरी सहकारी वित्तीय संस्थामा ३ हजार ८ सय ७४ जना सदस्य रहनु भएको छ ।
भेरी सहकारी वित्तीय संस्था लिमिटेडका अध्यक्ष पदम बहादुर भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन समारोहमा तिन जनालाई सम्मान गरिएको थियो ।
कर्जा कारोबारमा उत्कष्ट सेयर सदस्य उषा तारामी गुरुङ, संस्थाको संचालक समितिको विभिन्न पदमा रहेर संस्थाको विकासमा योगदान गरेको भन्दैं शिवप्रसाद जोशी र निक्षेप कारोबारमा उत्कृष्ट भएको भन्दैं माया लोनियालाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँके संचालक समिति सदस्य जमावन सिंह वली, सहकारी अध्यक्ष पदम बहादुर भण्डारी, संस्थापक अध्यक्ष अच्युत प्रसाई र प्रबन्धक शोभा गुरुङले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।
त्यसअघि जिल्ला सहकारी संघ बाँकेका संचालक समिति सदस्य जमान सिंह वलीले पानसमा वत्ति बालेर साधारण सभाको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा अतिथीको रुपमा भेरी सहकारी वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष अच्युत प्रसाद प्रसाई, राष्ट्रिय सहकारी बैंक लिमिटेडका शाखा प्रमुख प्रकाश थपलिया, सहकारीका सल्लाहाकार भीम बहादुर शाही, श्याम कुमार भंट, व्यवस्थापक शोभा गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वलीले सहकारी आम मानिसहरुको आर्थिक विकास निम्ति हो भनेर बुझन नसक्दा समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले भन्नु भयो,‘सहकारी समुदायको हो । हाम्रो लागि हो । केहि कर्मचारी र संचालकको लागि हो भनेर हामीले छुटयाउन सकेनौं । सहकारी क्षेत्रमा भएका केहि व्यक्तिले गरेका गलत कार्य कारण आज सहकारी क्षेत्र नै बदनाम भएको हो ।’
सहकारीका अध्यक्ष पदम बहादुर खड्काले आन्तरिक तथा बाह्य उतार चढावको बाबजुद पनि संस्थाको गरिमालाई कायम राख्न सफल भएको बताउनु भयो ।

………….
शेयर सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले रुपान्तरण हुन जरुरी रहेको उहाँको भनाई थियो । अध्यक्ष खड्काले भन्नु भयो, ‘सहकारी एउटा परिवार हो । परिवारको सुख, दुखमा सबैले हातेमालो गरेमा सबैको भलो हुन्छ । सिमित व्यक्तिहरुले मात्र फाईदा लिदैंमा समाज रुपान्तरण हुन सक्दैन । सबैलाई फाइदा हुनु पर्छ ।’

…………

……….

………..

…………