जानकीद्धारा सामूहिक आगो ताप्ने व्यवस्था
Saturday, January 13th, 2024, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, २८ पुष
चिसो बढेपछि जानकी गाउँपालिका बाँकेले सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ । जानकी गाउँपालिका बाँकेले बढ्दो शीतलहरसंगै जेष्ठ नागरिक र बालबालिकाहरुको बिहान र बेलुकाको दैनिकीलाई सहज बनाउन सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको हो ।
शनिबार बिहानैदेखि १ देखि ६ वटै वडाहरु मार्फत चरणवद्द रुपमा मानिसहरुको बाक्लो हिँडडुल हुने चोकहरु, स्वास्थ्य चौकीहरुमा सामूहिक आगो ताप्ने व्यवस्था अनुशार दाउरा वितरण शुरु गरेको छ ।केहीदिन देखि चलिरहेको शितलहर लाई मध्यनजर गर्दे जनताहरुको ख्याल राख्दै केही भएपनि राहत होस भनेर सनिबार बिहानैदेखि चरणवद्द रुपमा दाउरा वितरण गर्ने अभियान शुरु गरेको विपद तथा वाताबरण समितीका सम्योजक राजेन्द्र सिँहले बताए ।
अपुग भएमा आवश्यकता अनुशार थप दाउरा समेत ल्याई वितरण गर्ने सिँहले बताए । बन कार्यालयसँग समन्वय गर्दा आपुर्तीको निणर्य आएको छैन भनी वहाना गर्दा सामूहिक आगो ताप्ने व्यवस्था मिलाउन केहीदिन ढिलाई भएको समेत विपद तथा वाताबरण समितीका सम्योजक सिँहले बताए ।
चिसो तथा शितलहरले जनता धेरै समस्यामा परिरहेको अवस्थामा चिसोबाट बचाउनको लागी १ देखि ६ वटै वडाहरु र स्वास्थ्य चौकीमा सनिबारदेखि पालिकाले दाउरा वितरण शुरु गरेको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव बताउँछिन । साथै चिसोबाट जनताहरुलाई कुनै समस्या नहोस भनेर नै वडाहरु र स्वास्थ्य चौकी मार्फत दाउरा वितरण गरेको उपाध्यक्ष यादवले बताईन ।
जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव , विपद तथा वाताबरण समितीका सम्योजक राजेन्द्र सिँह, विपद तथा वाताबरण समितीका सदस्य सोनापती सिखनी, विपद तथा वाताबरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी लगायत पालिकाका कर्मचारीहरुको रोहवरमा दाउरा वितरण गरिएको हो ।