पर्यटकीय गन्त्व्य बाँके–बर्दियाको समस्या र समाधान बारे कार्यशाला गोष्ठी सम्पन्न
Saturday, January 13th, 2024, 7:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, पुष २४
प्रयर्टन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा पर्यटकीय गन्त्व्य बाँके–बर्दियाका समस्या, चुनौति र समाधान विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस्(नाटा) बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको कार्यक्रममा बाँके–बर्दियाका प्रयर्टनसँग आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेको कार्यशाला गोष्ठीमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, नेपालगन्जका पुर्व मेयर विजय गुप्ता, आयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलिया र प्रबन्धक अर्चना केसी राणा, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा सहभागि भएका प्रतिनिधिहरुले चार मुख्य गरी चार वटा विषयमा केन्द्रित रहेर छलफल गरेका थिए । नेपालगन्जको प्रयर्टकीय सम्भावना, बाँके र यस वरपरका पर्यटकीय गन्त्वयको पहिचान र प्रवद्र्धन, क्रस बोर्डमा देखिएका समस्या र धार्मिक पर्यटनको सम्भावनाको बारेमा छलफल गरिएको थियो ।
बाँकेमा पर्यटन प्रवद्र्धन गर्नका लागि सम्भावित नयाँ योजनाहरुको बारेमा पनि गोष्ठीमा चर्चा गरिएको थियो । बाँके–बर्दियाका पर्यटन व्यवसायीले प्रयर्टन प्रवद्र्धनमा राज्य स्तरबाट हुने गरेको नितिगत झन्झट र उदासिनता कारण व्यवसाय फस्टाउन नसकेको गुनासो गरेका थिए । गोष्ठीबाट आएका सुझावहरुलाई संकलन गरेर सम्बन्धित निकायहरुलाई कार्यान्वयको लागि प्रस्ताव गरिने नेपाल पर्यटन बोर्डका प्रबन्धक सुर्य थपलियाले बताउनु भयो ।
आयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले पर्यटनसँग सम्बन्धित निकायहरु बिचको छलफल र सहकार्यले पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।