नेपालगन्जमा मनाईयो नवौं राष्ट्रिय योग दिवस
Tuesday, January 16th, 2024, 7:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ माघ
पतन्जली योग समिति बाँकेको आयोजनामा नेपालगन्जमा नवौं राष्ट्रिय योग दिवस मनाइएको छ । ‘योग गरांै–रहौं निरोग’ भन्ने मुल नारा सहित पतन्जली योग समिति बाँकेले कार्यक्रमको आयोजना गरेको थियो ।
पतन्जली योग समिति बाँके अध्यक्ष हरपाल सिंहको अध्यक्षतामा भएको कार्यक्रम बागेश्वरी मन्दिर परिसरबाट प्रभात फेरी सुरु गरेर त्रिभुवन चोक, विपी चोक, हुँदैं धम्बोझी चोकमा कोण सभा गरेर सकिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले प्रमुख अतिथिको रुपमा आफनो मन्त्व्य राखेका थिए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ अध्यक्ष मनोज कुमार श्रेष्ठ, पतन्जली योग समिति केन्द्रिय सदस्य नरकान्त जोशी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद चिकित्सक डा. शिवराज सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य, विभिन्न योग सहायक, योगगुरु लगायतको उपस्थिती रहेको थियो ।
योग समिति बाँकेका सह–सचिव लक्ष्मण कार्कीले संचालन गरेको कार्यक्रममा सहभागि भएका वक्ताहरुले आयुर्वेद तथा योग सम्बन्धी विभिन्न आयामहरुको बारेमा चर्चा गरेका थिए ।
बोल्ने अतिथीहरुले कसरी स्वस्थ जीवन निर्माणमा समुदाय तथा नगरवासीहरुमा योग, साधना, ध्यान र स्वस्थ जीवन शैलीको लागि योग तथा आयुर्वेद प्रकृतिको उपचार तथा दैनिक जीवन यापनमा महत्वपुर्ण भुमिका रहेको छ भन्ने बारेमा बताएका थिए ।