नेपालगन्जमा पहिलो पटक मम फेस्टिवल गर्दै सिद्धार्थ कटेज
Monday, January 22nd, 2024, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
सिद्धार्थ कटेज नेपालगन्जले पहिलो पटक मम फेस्टिवल गर्ने भएको छ । होटल व्यवसायका क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरेको सिद्धार्थ गु्रप अन्तर्गत सिद्धार्थ कटेजले माघ ११, १२, १३ गते मम फेस्टिवल आयोजना गर्न लागेको हो ।
फेस्टिवलमा ४० भन्दा बढी प्रकारका मम पाइने आयोजक सिद्धार्थ कटेजका अपरेशन म्यानेजर पदम न्यौपानेले बताउनु भयो । उहाँले भन्नु भयो, ‘स्थानीय उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मम फेस्टिवल गर्न लागेको हौं । फेस्टिवलमा फापर, कोदो, तरुल, दिउँदे सिमी, केरा लगायतका विभिन्न स्थानीय परिकारबाट बनेका ममका स्टलहरु राखिनेछ ।’
पछिल्लो समय नेपालमा मम निकै लोकप्रिय खाद्य परिकार भएकोले मम फेस्टिवलको आयोजना गर्न लागेको न्यौपानेले बताउनु भयो ।
फेस्टिवलमा मम पकाउने प्रतियोगिता, मम क्वीज, लाइभ म्युजिक, दोहोरी साँझ, गजल नाइट लगायतका विभिन्न प्रतियोगिताहरु संचालन हुने सिद्धार्थ विजनेश ग्रुपका(पश्चिम क्षेत्र) क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताउनु भयो । फेस्टिवलमा आम गृहणीहरुले पनि परिकार पकाउने प्रतिस्पर्धामा भाग लिन सकिने उहाँले जानकारी गराउनु भयो ।
फेस्टिवललाई आर्कषक र भव्य बनाउन सुर्खेतको स्थानीय ब्यान्ड ज्यापर, अन्य कलाकारहरुको प्रस्तुती रहने सिद्र्धाथ बिजनेश ग्रुपका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नविन भंटले बताउनु भयो । नेपालगन्जमा विगत २३ वर्ष देखि सिद्धार्थ कटेजले आफनो सेवा प्रदान गर्दै आएको छ । नेपालगन्जमा कटेज संस्कृतिको विकास गर्ने सिद्धार्थ कटेजले स्वाद उत्सव, नेपाली र अंग्रेजी नयाँ वर्षहरुमा सांगितिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।
……………
माघमा हुन लागेको मम फेस्टिवलमा स्वास्थ्यका हिसाबले उपयुक्त ममका परिकारहरु बनाउने तयारी गरिरहेको सिद्धार्थ कटेजका एक्जुकेटिभ सेफ अमर दाहालले बताउनु भयो । पहिलो पटक नयाँ ढंगले काम गरिरहेको बताउँदैं यसले आगामी दिनमा नेपालमा मम संस्कृति र स्थानीय परिकारको प्रवद्र्धनमा सहयोग गर्ने दाहालले बताउनु भयो ।