ह्युमपाइपको लागत सुनिश्चितता गर्न प्रशासनलाई सात दिने अल्टिमेटम
Wednesday, January 24th, 2024, 8:03 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १० माघ
भेरिकरिडोरमा पर्ने जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोटको छोटेबगर जोड्ने भेरिनदिमाथि लगाइएको ह्युमपाइपको लागत सुनिश्चितता गर्न स्थानीय युवाले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सात दिने अल्टिमेटम दिएका छन् ।
स्थानीय युवा हेमन्त विष्ट पहाड मल्ल र डम्बर खड्काले तीन जिल्लाका प्रशासन कार्यालयलाई सम्बोधन गरि पठाइएको पत्रमा जनाएका छन् । ह्युमपाइप विछ्याएर सवारी आवागमन भई आफुहरुले आफ्नो लागत उठाउन पटके पिच्छे सवारी तारेवापत शुल्क उठाउन थालिएको अवस्थामा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सहित स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरि शुल्क उठाउन नपाइने र विछ्याइएको पाईप पनि झिक्न नपाइने निणर्य गरेकाले आफुहरुको लागत सुनिश्चित हुनु पर्ने बताउदै लागत सुनिश्चितता नभए ह्युमपाइप झिकिदिने ७ दिने अल्टिमेटम दिइएको पत्रमा जनाएका छन् ।
भेरिनदिमाथि पक्कीपुल नहुँदा विधुतको सामाग्री ओसारपसार गर्न समस्या भएकोले विभान्सु मैना बत्ती जेभि कम्पनीलाई सामान ओसार्नको लागि सहज होस भनेर विभान्सु मैना बत्ति जेभि कम्पनिको मात्र विधुत उपकरण सहितका सामाग्री ओसार्ने गरि कम्पनीको ह्युमपाइप खरिद तथा ढुवानी र बांकी स्थानीय युवाको लागतमा भेरिनदिमाथि ह्युमपाइप विछ्याइएको स्थानीय युवाहरुले रुकुम पश्चिम डोल्पा र जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर प्रेसित गरिएको पत्रमा उल्लेख छ ।
जाजरकोट रुकुम पश्चिम र डोल्पाका स्थानीय प्रशासनले ७ दिन भित्र आफुहरुको लागत सुनिश्चितता नभए भेरिनदिमाथि विछ्याइएको ह्युमपाइप झिकिने भएकाले आआफ्ना सवारी साधन सुरक्षित स्थानमा लैजान समेत सवारी धनिहरुलाई सुचित गरिएको जाजरकोट र रुकुम पश्चिमका स्थानीय युवाले माघ ८ गते प्रेसित पत्रमा उल्लेख छ ।