स्वस्थानी व्रत तथा माघस्नान सुरु
Thursday, January 25th, 2024, 3:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ माघ
पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र माघ स्नान आजबाट सुरू भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरूवात भएको हो ।
बिहीबारबाट एक महिना लामो माधवनारायण व्रत पनि सुरू भएको छ । व्रत आरम्भ भएको दिन बिहान व्रतालुहरूले काठमाडौंको गोकणर्, पशुपति, भक्तपुरको हनुमान घाट आदि ठाउँमा स्नान गरे । माधवनारायणको उपासना गरे ।
माधवनारायणको व्रत लिनेहरूले प्रत्येक दिन बिहानै नुहाएर मध्याह्नपख महादेवको पूजाअर्चना गर्छन् । बेलुका स्कन्द पुराणको केदार खण्ड अन्तर्गतको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा रहिआएको छ । स्वस्थानी कथा कसैले बिहानीपख पनि गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूणर्िमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूणर् होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी वर्तालु आफैंले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने, सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्मको समय राम्रो मानिन्छ ।