लुम्बिनी प्रदेशमा ५ सय ६२ जना कुष्ठरोगी
Sunday, January 28th, 2024, 7:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कुष्ठरोगीहहरूको संख्यामा वर्षेनी बृद्धि भइरहेको छ ।
लुम्बिनी प्रदे का नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो ।
नयाँ रोग पत्ता लाग्ने दर समेत यी जिल्लाहरुमा उच्च रहेको छ । प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार यी जिल्लाहरुमा प्रति १० हजार जनामा एक जना भन्दा कम हुनुपर्ने ‘प्रीभिलेन्स’ २ भन्दा माथि रहेको छ ।
जसको कारण देशभरको तथ्यांक भन्दा लुम्बिनी प्रदेशको प्रीभिलेन्स दर बढि भएको पाइएको हो ।
स्वाथ्य निर्देशनालयका लुम्बिनीका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा ल्याब टेक्निसियन निरीक्षक खिमलाल पाण्डेले गत आर्थिक बर्षमा देशभरबाट २ हजार ५ सय २२ जना कुष्टप्रभावित व्यक्तिहरुमाथि लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना रहेको जानकारी दिए ।
उनले ४ महिनामा प्रदेशमा १ सय २७ भन्दा बढि नयाँ केस समेत पत्ता लागेको जानकारी दिदै अझै अन्य जिल्लाहरुमा पनि मिहिन तहले छानविन नगरी केश पत्ता लगाउने जनशक्ति नहुँदा यो संख्या बढ्न सक्ने समेत जानकारी दिए । विगत ६ बर्षमा लुम्बिनी प्रदेशमा कुष्टप्रभावितहरुको संख्या कोरोना कहरमा अली कम देखिएपनि अन्य बर्षमा भने उच्च नै देखिएको छ ।
०७४/७४ मा ७००, अर्को बर्ष ५०१, ३९, ५१६, ५४३ रहेको थियो । अघिल्लो आर्थिक बर्षमा २०७९/०मा ५६५ जना रहेकोमा यो बर्ष चार महिनामा १ सय ४८ जना कुष्ठ प्रभावित रहेका छन् । यस्तै कुष्ठ प्रभावितहरु नयाँ पत्ता लाग्ने दर समेत प्रदेशमा विस्तारै बढ्दै गएको पाइएको छ ।
प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ६ सय ९१ जना, अर्को बर्ष ४७९ जना, अर्को बर्ष ५६१ जना, अघिल्लो आर्थिक बर्षमा ५८४ जना र गत आर्थिक बर्षमा ५६५ जना नयाँ कुष्टप्रभावित व्यक्तिहरु भेटिएका छन् ।
जसमा महिलाहरुको संख्या समेत उच्च छ । ३५.६ प्रतिशत महिलाहरु रहेका छन् । यस्तै बच्चामा समेत कुष्ठ रोग देखिएको छ । जम्मा नयाँ देखिएको केसमा बच्चाहरूमा ५.२ प्रतिशत रहेको छ । गत बर्ष जम्मा केश मध्ये ६.९ प्रतिशत बच्चाहरु रहेका थिए ।