न्यु डाँफे र एफ सि ब्रोदर्श विजयी
Tuesday, January 30th, 2024, 8:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १६ माघ
खजुराको डि गाउामा रहेको मिनि रंगशालामा जारी ९ औं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा मंगलबार दुई खेल सम्पनन भएको छ । दोश्रो दिनको पहिलो खेल आयोजक न्यु डाँफे स्पोर्टस ‘ए’ खजुरा र मनकामना समाज सुधार युथ क्लब कोहलपुर विच भएको थियो ।
जसमा न्यु डाँफे स्पोर्टस क्लब ५ गोल गरि विजयी बनेको छ । मनकामना समाज सुधारको तर्फबाट भने कुनै गोल हुन सकेन । न्यु डाँफेको चर्फबाट फागुराम थारुले ४ गोल गरेका थिए भने कुबेर सिंहले १ गोल गरेका थिए । रेफ्रिले खेल पुरा समय सम्म खेलाउन चाहेपनि मनकामना समाज सुधार युथ क्लबका खेलाडिले अनुशासनमा नखेली अन्तिम ५ मिनेट समय बाँकी छदा मैदान छाडेर निस्कीएका थिए ।
मनकामनाले मैदान छाडेपछि समय पुरा भएपच्यात रेफ्रिले न्यु डाँफेलाई विजयी घोषित गर्यो । मंगलबार नै भएको अर्को खेलमा एफ सि ब्रोदर्श खजुरा विजयी भएको छ । एफ सि ब्रोदशले न्यु जन परोपकार युवा स्पोर्टस क्लबलाई शुन्यका विरुद्ध ३ गोल गरि विजयी बनेको थियो ।
………..
एफ सि ब्रोदर्शका तर्फबाट प्रेम सुनारले ३ गोल गरेका थिए । मंगलबार भएको दुबै खेलका अधिक गोलकर्ता न्यु डाँफेका फागुराम थारु र एस सि ब्रोदर्शका प्रेम सुनार म्यान अफ द म्याच घोषित भए । उनिहरु दुबैले १ हजार १ सयका दरले नगद पुरस्कार प्राप्त गरेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । सोमबार पहिलो दिन पशुपति युवा क्लब, घिया र बाग्मती स्पोर्टस क्लब विगाउँ विच भएको खेलमा बाग्मतिले जित हासिल गरेको थियो ।
मंगलबार समुह ‘क’ मा परेका टिमहरुको पहिलो खेल सकिएको छ । बुधबार देखि तेश्रो दिन समुह ‘ख’ अन्तर्गत रहेका टिमहरुले प्रतिस्पर्दा गर्नेछन । बुधबार दिउँसो पहिलो खेल पुलिस क्लब खजुरा र धम्बोझी क्लब विच हुनेछ भने दोश्रो खेल न्यु दर्पण स्पोर्टस क्लब खजुरा ई गाउँ र जय किसन स्पोर्टस क्लब सैनिक विच हुने खेल संयोजक तिलकविर सुनारले जनाए । ९ औं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन ।
उक्त पुरस्कार भने हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेको न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए । त्यस्तो प्रतियोगितामा दोश्रो हुने टिमले ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुनारले बताए ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।