पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभा सम्पन्न
Saturday, February 10th, 2024, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २७ माघ
श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभा श्री जनता मा.वि.सन्तकुटी खजुरामा शनिवार एक कार्यक्रम विच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्र्दै लुम्विी प्रदेशका शहरी विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि माननिय श्री कृष्णा केसी ॅनुमना’ले यो पूर्व विद्यार्थीको कार्य नमुना रहेको र यत्तीको भव्यताको साथमा कार्यगर्ने यो नै देशकोे पहिलो पूर्व विद्यार्थी समाज हुन सक्ने बताउनुभयो । जनता मा.वि. सन्तकुटी संग आफ्नो स्कुले शिक्षाको सम्बन्ध नभएता पनि यस विद्यालय संग आफ्नो राजनैतिक जिवनको गहिरो सम्बन्ध भएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सासंद माननिय श्री वादसा कुर्मीज्यूले यो पूर्व विद्यार्थी समाजले अग्रजहरुलाई सम्मान गरि पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा जोड्न गरेको कार्यको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्ष महेन्द्र मल्लले पूर्व विद्यार्थी समाजको गतवर्षको प्रगति र आगामी वर्षको योजनाको वारेमा सुन्दा आफुलाई खुसीलागेको वताउदै परोपकार मिसन नेपाल जहिले पनि पूर्व विद्यार्थी समाज संग सहकार्य गर्न तयार रहेको बताउदै नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाले पूर्व विद्यार्थीको कार्यमा आफु स्थापना कालदेखिनै जोडिएको र समाजको कार्यहरुको आफुले सधै प्रशंसा गर्दै आइरहने बताउनुभयो । कार्यक्रममा समाजका निर्वाचन समितिका पूर्व सदस्य श्री माधव शर्माले पूर्व विद्यार्थी समाज विद्यार्थीको अभिभावक वन्दै अगाडी वढेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयबाट दोस्रो व्याचको एस एल सी उत्र्तिण गर्नु हुने पूर्व विद्यार्थीहरु श्री धर्मलाल शर्मा र भानुराज आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार श्री खगेन्द्र दाहाललाई सम्मान गरिएको थियो भने समाजको २०७९ र २०८० को देउसी भैलो कार्यक्रमको संयोजकको भुमिका निर्वाह गर्नुहुने पूर्व विद्यार्थी समाजका उपाध्यक्ष श्री पूणर्चन्द्र उपाध्याय र सहसचिव सुझाता खरेललाई समेत कार्यक्रममा सम्माना गरिएको थियो ।
कार्यक्रममा श्री जनता मा.वि. सन्तकुटीबाट २०७९ सालको एस ई ई मा उत्कृृष्ट अंक प्राप्त गर्ने छात्र योगेश श्रेष्ठ र २०७९ सालमा उत्कुष्ट खेलाडी छात्रा शान्ति पौडेललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका आजिवन सदस्यहरुलाई आजिवन सदस्यता समेत वितरण गरिएको थियो ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजकोबारेमा समिक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरुलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरुमा सहयोग गर्दै जाने वताउनु भयो ।
कार्यक्रममा समाजका सचिव विवेक लामिछानेले आ.वि. २०७९/०८० को प्रगति र आगामी आ.व. २०८१/०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक वर्ष २०७९/०८० को आय व्यय, लेखा परिक्षण प्रतिवेदन र आगामी आ.व.२०८१/०८२को लागि रु. ५ लाख ६० हजारको प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार भुवन गैरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने आजिवन सदस्यहरुको तर्फबाट रेशमलाल न्यौपाने र प्रकास ढकालले विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन समाजका सहसचिव सुजाता खरेलले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी भाईवैनिहरुले नृत्य प्रदर्शन गरेका थिए ।