पत्रकार गहतराज हरि–जमुना पत्रकारिता पुरस्कारबाट सम्मानित
Tuesday, February 13th, 2024, 7:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ फागुन
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले बर्षेनी प्रदान गर्दै आएको हरि–जमुना पत्रकारिता पुरस्कारबाट पत्रकार रुपा गहतराज पुरस्कृत हुनु भएको छ ।
बाँके जिल्लालाई कर्मथलो बनाएर लामो समय देखि पत्रकारितामा क्रियाशिल रहेर कान्तिपुर दैनिकमा कार्यरत गहतराजलाई नगद ५ हजार १ सय ५१ रुपैयाँ सहित सम्मान गरिएको हो ।
नेपालगन्जमा आयोजित कार्यक्रमका बिच स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह, कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष निरज गौतम, कार्यक्रमका बिशिष्ट अतिथि बरिष्ट पत्रकार पूर्णलाल चुके र हरी जमुना पत्रकारीता पुरस्कारकी सञ्चालक माधबी शाहले गहतराजलाई सम्मान गर्नु भएको हो ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका उपाध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा हरी–जमुना पत्रकारीता पुरस्कार–२०८० को घोषणा संघका सदस्य हेमराज भट्टले गर्नु भएको थियो ।
सम्मानीत भएपछि बोल्दै पत्रकार गहतराजले निरन्तर रुपमा पत्रकारिता गरिरहेकोमा सम्मान प्राप्त भएपछि गरिरहेको कामले सार्थकता पाएको महसुस भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख निरज गौतमले राजनितिबाट प्रभावित समाजमा स्वतन्त्रको दियो जलाउन असहज देखिएपनि सबैको प्रयासबाट सफलता हासिल हुने बताउनु भयो । उहाँले मरणोप्रान्त आमा बुवाको सम्मानमा पुरस्कार स्थापना गर्ने माधबी शाह र सम्मानीत गहतराजलाई धन्यबाद दिनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पूर्णलाल चुकेले स्वतन्त्र पत्रकार संघले निष्पक्ष रुपमा पुरस्कारको लागि पत्रकार छनौट गर्नु उत्कृष्ट रहेको बताउनु भयो । उहाँले निरन्तर पत्रकारितामा क्रियाशिल गहतराजलाई सम्मानीत हुनुभएकोमा बधाई ज्ञापन गर्नु भयो ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशका पूर्ब संयोजक रमेश सिटौला, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, हरी जमुना पत्रकारीता पुरस्कारका सञ्चालक माधबी शाह लगायतले बोल्नु भएको थियो ।