श्री सरस्वती जयन्ती
Wednesday, February 14th, 2024, 5:20 pm
Kalpristha
प्रभाकर मिश्र
प्राचीन धार्मिक शास्त्र अनुसार महासरस्वती, महालक्ष्मी र महाकालीको सम्बन्ध परमपिता परमात्मा सँग रहेको छ । त्यसैगरी परम पिता परमात्माको स्वरुप मै ब्रहमा, विष्णु र महेश्वर अर्थात भगवान शिव, शंकरको रुपमा अराधमा, अर्चना, उपासना आदि गर्ने गरिन्छ । देवी भगवती सरस्वती विद्या, वुद्धि, ज्ञान र वाणीको अधिष्ठात्री देवी एवं सर्देव शास्त्र ज्ञान प्रदान गर्ने प्राचीन जनविश्वास रहेको छ ।
भगवती शारदाको मूल स्थान शशांक सदन अर्थात अमृतमय प्रकाश पून्ज रहेको छ । आफ्ना भक्तजन, उपासक विद्यार्थी शिक्षकहरुलाई पचास अक्षरको ज्ञानामृतको धारा प्रवाह भईरहन्छ । प्राचीन धार्मिक मान्यता अनुसार ईश्वरको इच्छाअनुसार आद्यशक्ति देवीले राधा, पद्या, सावित्री, दुर्गा र सरस्वतीको रुपमा प्रस्तुत गर्नुको साथै भगवान श्री कृष्णको कण्ठ बाट उत्पन्न भएका देवीलाई मातालाई सरस्वती भनिन्छ । भगवती सरस्वती सत्वगुण सम्पन्न हुनुको साथै वाक, वाणी, गौःगिरा, भाषा, शारदा, वाचा, धीस्वरी, वागीस्वरी, ब्राहमी, सोमतला, वाग्देवी नामले अर्चित उपासित भएका छन् ।
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अमधना अर्चना उपासना गरेर सरस्वती जयन्तीको रुपमा सांस्कृतिक एवं सामाजिक पर्वको रुपमा धूमधाम, हर्ष, उल्लासले मनाइने गरिन्छ । देवी सरस्वतीलाई कला, ज्ञानविज्ञान, प्रविधि, कला, साहित्य सङ्गीतकी देवीको रुपमा स्वीकार गरिएको छ । धार्मिक एवं शास्त्रीय मान्यता अनुसार श्री व्रदमा, श्री विष्णु एवं श्री महेश समेतले देवी सरस्वती बाट शिक्षा, ज्ञान प्राप्त गरेका छन् । हिन्दुहरुको पवित्र पावन धार्मिक ग्रन्थ वेदमा जलदेवीको रुपमा वणर्न भएकी सरस्वतीलाई वेदकी जननी, जैन धर्ममा श्रुतिदेवी वौद्ध धर्ममा प्रज्ञादेवी भनिन्छ । यसरी शान्ति अर्थ “सृ” धातुबाट बनेको सरस्वतीको अर्थ गतिशील हुनु हो । क्रगदेव अनुसार देवी सरस्वतीले राष्ट्रिय भावना प्रदान गर्ने संसारको निर्मात्री एवं अधीश्वरी यिनको अनुग्रहले साधक ज्ञानी, विज्ञानी मेधावी, महर्षि र ब्रहम्मर्षि हुन पुग्छ ।
सरस्वती पूजा अर्थात श्री पंचमी यस अवसर वसन्त सुन्ने प्रचलन भएकोले यसलाई वसंत पंचमी पनि भनिन्छ । प्राय माघ महिनाको पूणर्िमाका दिन वसन्त पर्वको पाचौँ दिन मनाइन्छ । पंचमी शब्दको अर्थ पाच हुने र सरस्वती पूजा उत्सव जसलाई कौमुदी उत्सवको रुपमा पनि मनाइने गरिन्छ । सरस्वती शब्द दुई शब्द ज्ञान (सार) र स्व (स्व) ले जोडेर बनेका छ । सर्व व्यापकता तथा चार दिशाका प्रतीक चार हात भएका सरस्वतीको हातमा ज्ञानको प्रतीक पुस्तक, सङ्गितको प्रतिक वीणा, एकाग्रताको प्रतिक माला, देवी सरस्वतीको वाहन राज हंस हो जसले मीरक्षीर विवेकी दुध बाट पानी छुट्याउन सकिने र निर्लित्त र साधक व्यक्ति नै विद्याको अधिकारी हुने सन्देश रहेको छ । देवी सरस्वतीको अराधना अर्चनामा दुध, दही, सेतो वस्त्र, फूल, उखु, चिनी श्री फल, सेतो चम्दन, अदूवा, मूला, पान, चिनी, नरीवल आदि पूजन सामाग्रीको प्रयोग गरिने परम्परा रहेको छ । नेपाली धर्म परम्परा मूल्य मान्यता अनुसार वसन्तोत्सव मनाउने अत्यन्त प्राचीन परम्परा रहेको छ ।
प्रसिद्ध कवि एवं साहित्यकार कालीदास, वात्सायन लगायत निणर्य सिन्धु जस्ता धार्मिक ग्रन्थहरुमा समेत वसन्त पञ्चमीको वणर्न भएको पाइन्छ । वसन्त ऋतुलाई ऋतुहरुको राजा स्वीकार गरिएको छ । विश्व व्रह्मानको सृष्टिको शुभारम्भ वसन्त ऋतुबाट भएको प्राचीन मान्यता रहेको छ । व्रह्मपुराण अनुसार चैते मासे जगदब्रह्म ससर्ज प्रथमेहनि भनेर ऋतुराज वसन्तको आगमनको खुशीमा माघ शुक्ल पञ्चमीमा वसन्त पञ्चमी पर्व मनाइने गरिन्छ । निणर्य सिन्धु अनुसार प्राकृतिक एवं धार्मिक रुपमा वर्षका बाह्र महिना लाई छ वटा ऋतुहरुमा विभाजित गरिएको छ । जस अनुसार जेठ असार ग्रीष्म, साउन भदौँ वर्षा, असोज कार्तिकमा शरद, मङ्सिर पुषमा हेमन्त, माघ फाल्गुनमा शिशिर र चैत्र वैशाखमा वसन्त ऋतुहरु पर्ने तथा यस अनुसार माघ पंचमी चैत्र महिनामा पर्ने हो ।
यस सम्बन्धमा प्राचीन मान्यता अनुसार एक पटक पाँच वटा ऋतुहरुले राजा वसन्तलाई अभिवादन गर्दै आ-आफ्नो अवधिबाट आठ दिनहरु उपहार स्वरुप ऋतुराज वसन्तलाई अपणर् गरे । यसरी पाँच वटा ऋतुहरुबाट अर्पित आठ आठ दिनहरुलाई जोड्दा चालीस दिनहुने अतः चैत्र कृष्ण प्रतिपदा भन्दा चालीस दिन पूर्व अर्थात माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी वा मघिया पञ्चमी वा श्री पञ्चमी भनिन्छ । वायु पुराणमा महादेवीका ‘श्री’ तथा सरस्वती गरी दुई रुपको वणर्न पाइन्छ । भार्कण्डेथ पुराण अनुसार पदिम्नी नामक विद्या की देवी लक्ष्मी लाई मानिएको छ ।
सामान्यतया श्री शब्द लक्ष्मी अर्थ प्रसिद्ध रहेको छ । धार्मिक मान्यता अनुसार श्री शब्द श्रेष्ठताको सूचक हुने तथा यसै अनुसार नागपञ्चमी, ऋषिपञ्चमी, विवाह पञ्चमी आदि पर्वहरु नेपाली समाजमा लोक प्रिय रहेका छन् । वसन्त पञ्चमीलाई रुप सौन्दर्य दिने, विद्या दिने, सम्पत्ति दिने, आनन्द उल्लास दिने देवीको रुपमा अराधना गरिन्छ । जीवनका चारवटा लक्ष्यहरु धर्म, अर्थ, काम र मोक्षलाई धार्मिक मूल्य मान्यता रीति रिवाज अनुसार आर्जन गर्नु पर्ने सन्देश समेत सरस्वतीपूजाले प्रदान गरेको छ ।
उपनिषद अनुसार वेदोक्त अष्टाक्षरयुक मन्त्री सरस्वतीको मूल मन्त्र हो । अर्थात “श्री हों सरस्वर्ते स्वाहा” मन्त्रले देवी सरस्वतीको अर्चना र अराधना गरिनु पर्दछ । समस्त विद्या, ज्ञान, संगीतको अधिष्ठात्री नेपाली संस्कृति, मुल्य, मान्यता, परम्परा की अराध्य देवी सरस्वतीको जयन्ती देखि शिशुहरुलाई साँउ अक्षर सिकाउने, नयाँ पुस्तक तथा अक्षराम्भ गरिने विद्यालय, महाविद्यालयहरुमा देवीको अर्चना अराधना गरिन्छ । देउपाटन, पशुपति, गैराधारा, हरिग्राम, ललितपुरको लेले, सिन्धुसरस्वती नील सरस्वती, मन्जुश्री नमो नागीश्वराप शब्दको उच्चारणले मन मन्दिर देवालय ज्ञानमय एवं गुन्जमान हुने गर्दछ ।
वौद्ध धर्मावलम्वीहरु यस पवित्र दिनमा आममञ्जरी, सस्र्यूका पहेला फुल र केशर मिश्रित खीर बाट भगवान वुद्धको पूजन, शील ग्रहण तथा धर्मश्रवण गर्ने अविर खेल्ने वसन्त रागमा वाद्यवाधन संगीतको अध्ययन अभ्यास गर्दछन् । नेपालको धार्मिक इतिहास अनुसार लिच्छविकाल, मल्लकालमा समेत वसन्त श्रवण गर्ने र गीत गोविन्द भक्ती पूरक रसहरुको अध्ययन अनुसन्धान गर्ने परम्परा रहेको छ । नेपाली चाडपर्वहरु हाम्रा धर्म संस्कृति परम्पराका आधार भएकोले यसको संरक्षण सम्बर्धन गर्नु आजको अनिवार्यता, आवश्यकता, अपरिहार्यता रहेको छ ।