वडा नंम्बर १०द्धारा मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग
Monday, February 26th, 2024, 5:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ फागुन
नेपालगन्ज उप–महानगरपालिका वडा नंम्बर १० वडा कार्यालयद्धारा मानवसेवा आश्रम नेपालगन्ज शाखालाई ५१ हजार बराबरको खाद्यन्न सहयोग गरेको छ । घरवार र परिवारविहिनहरुको आश्रयस्थल आश्रमलाई उक्त सहयोगले राहत प्रदान गरेको छ । उक्त खाद्यान्न सहयोग वितरणमा नेपालगन्ज उप–महानगरपालिका वडा नंम्बर १० वडा वडा सदस्य ४ जना लगायत वडाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२०७९ असारबाट नेपालगन्ज १०, आदर्शनगरमा सञ्चालित आश्रममा हाल ५५ जना लक्ष्मीनारायणज्युहरु हुनुहुन्छ । घरवारविहिन र परिवारविहिन भई सडकपेटी र सार्वजानिक स्थलहरुमा कष्टपुर्ण जिवन विताउन विवश मानवहरुको उद्धार, औषधोपचार, पालनपोषण, र पारिवारीक पुनर्मिलन सेवामा आश्रम समर्पित रहदै आएको छ ।
२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्य लिएको मानवसेवा आश्रमले हालसम्म कुनैपनि दातृ संघ संस्थाको सर्तसहितको सहयोग स्विकार गरेको छैन् । मानतवाप्रेमी उदारमनाहरुको जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वमा साथै पितृहरूको सम्झना र स्वैच्छिक रुपमा गरिने मुठीदानबाट आश्रम सञ्चालित भईरहेको छ । त्यसैले यस मानवीय कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गर्दछौँ ।