जानकीमा निःशुल्क स्वास्थ्य शिविर संचालन
Saturday, March 9th, 2024, 8:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ फागुन
जानकी गाउँपालिका बाँके वडा नम्वर ५ को समन्वयमा मारवाडी महिला मन्च नेपालगन्जको आयोजना र नेपालगन्ज मेडिकल कलेज ,मारवाडी सेवा परिषद ,मारवाडी युवा मन्च , मारवाडी युवती मन्चको सहकार्यमा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
शिविरमा स्त्री तथा प्रसुतीरोग सम्वन्धी ,बालरोग सम्वन्धी ,दन्त परिक्षण ,हाडजोर्नी तथा नशारोग ,नाक ,कान घाँटी , छाला तथा योनरोग , आँखा सम्वन्धी र सामान्य शल्यक्रिया सम्वन्धी सेवा निशुल्क गरिनुका साथै औषधी समेत निःशुल्क वितरण गरिएको छ । वडा कार्यालयले गाउँघरमै डक्टर बोलाई यसरी निशुल्क चेकजाँच र औषधीको व्यवस्था मिलाईदिएकोमा स्थानिय सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन ।
लगभग ८ वर्ष पहिलादेखि नै यस्तो शिविर सन्चालन गर्दै आईरहेको मारवाडी महिला मन्च नेपालगन्जकी अध्यक्ष कुसुम दुगडले बताईन । शिविर संचालन गर्दा नेपालगन्ज मेडिकल कलेजबाट धेरै सहयोग हुने समेत उनको भनार्ई छ । साथै चेकजाँचको क्रममा जटिल रोग भै अप्रेसन गर्नुपर्ने अवस्था भएमा २५ प्रतिशत छुटमा मेडिकल कलेज नेपालगन्जमा व्यवस्था मिलाईएको समेत मन्चकी अध्यक्ष दुगडले बताईन ।
मारवाडी समाजले जहिले पनि सामाजिक काम गरिरहने नेपालगन्ज मेडिकल कलेजका वालरोग विषेशज्ञ डाक्टर पियुष कनोडिया बताउँछन । साथै मेडिकल कलेज एउटा ठुलो सँस्था भएकोले त्यहाँबाट दक्ष शक्ती र डक्टरको सुविधा पनि हुने भएकोले सेवाग्राहीलाई सेवासुविधा उपलब्ध गराउन जानकी गाउँपालिका वडा नम्वर ५ को कार्यालयकासँग सहकार्य गरेको र उद्देश्य पनि त्यही रहेको डाक्टर पियुष कनोडिया बताउँछन ।
हाई प्रोफाईल भएका डाक्टरहरुबाट सेवा लिन पाउँदा वडाका विपन्न ,गरिब र एकदमै जोखिममा परेका परिवारहरुले खुशी व्यक्त गरेको जानकी गाउँपालिका बाँके वडा नम्वर ५ का वडा अध्यक्ष टिाकानाथ यादवले बताए । ६ सय पचास जना वडाबासीले सेवा लिएको समेत उनले बताए । साथै वडा अध्यक्ष यादवले मारवाडी महिला मन्च नेपालगन्ज र सम्पुणर् डक्टरहरुको टिमलाई धन्यवाद व्यक्त गरेका छन् ।