नेपालगन्जमा प्रदेशस्तरीय महोत्सव हुदैं
Tuesday, March 12th, 2024, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ फागुन
नेपालगन्जमा सातौं औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव २०८० यहि चैत्र ६ गते देखि सुरु हुँदै छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके एवं महिला उद्यमी समितिको मुख्य आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिको सह आयोजनामा हुन गैरहेको महोत्सव चैत्र ६ देखि चैत्र १८ गते सम्म जम्मा १३ दिन सम्म चल्ने आयोजकले जानकारी गराएको छ । ‘मेहनत, सृजना, उत्पादन र वस्तु ः मेरै नेपालका’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा विशेष महिला तथा स्थानीय स्तरमा उत्पादित वस्तुहरु मुख्य आकर्षण रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष तथा महोत्सव मूल आयोजक समिती संयोजक मधु खड्काले जानकारी गराइन । स्थानीय स्रोतको प्रयोग गरि स्थानीय स्तरमा उत्पादन गरिएका वस्तुहरुको दिगो बजार पहुँच स्थापित गर्ने महोत्सवको उनले बताइन । साथै देश भित्रका कृषि, वनपैदावार, हस्तकला, उर्जा, वायोग्यास लगाएत पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान क्षेत्रका स्टलहरु पनि रहने बताइन् ।
होलि विशेष गरि आयोजना गरिएको महोत्सवमा चर्चित राष्ट्रिय एवं स्थानीय कलाकारहरु संगै हरेक दिन सांस्कृतिक कार्यक्रम हुने र चैत्र १२ गते नायक पल शाहको प्रस्तुति रहने आयोजकले जनाएको छ । १३ दिन सम्म संचालन हुन्र महोत्सवमा दुई लाख सम्म दर्शक भित्र्याउने र दुई करोड बराबरको आर्थिक कारोवार गर्ने आयोजक को अनुमान रहेको छ । आयोजकका अनुसार महोत्सवमा २५० देखि ३०० सम्म स्टलहरु रहने छन भने लघु घरेलु तथा साना उद्योगका उद्योमीहरुलाई ५० ओटा स्टल निशुल्क रुपमा उपलब्ध गराईने छ ।