कार्यपालिका सदस्य सिंह कक्षा ८ को विद्यार्थी
Thursday, March 14th, 2024, 7:08 pm
Kalpristha
रबिन्द्र घिमिरे
नेपालगन्ज, १ चैत
जानकी गाउँपालिका मानपुर बाँके अन्तर्गत बिहिबारदेखि पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीणर् परीक्षा ‐कक्षा ८) शुरु भएको छ । परीक्षामा जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिँह समेत सहभागी हुनु भएको छ ।
शैक्षिक रुपमा पिछडिएको क्षेत्र मानिएको जानकी गाउँपालिकामा शिक्षा क्षेत्रको विकासको लागी पालिका लागि परेको छ ।
परीक्षामा सहभागी कार्यपालिका सदस्य राजेन्द्र सिँहले आफुपनि शिक्षित भएर सामाजिक काममा सक्रिय रुपमा लाग्ने बताउनु भयो । साथै पालिकामा शिक्षामा अरुलाई फोकस गरिरहँदा आफैले शिक्षा हासिल नगरेको अनुभुती भएर परिक्षामा सहभागी भएको उहाँले बताउनु भयो ।
जानकी गाउँपालिका बाँकेले आधारभुत तह उत्तिणर्का लागी ४ वटा परीक्षा केन्द्र निर्धारित गरि परीक्षा सन्चालन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भन्डारीले बताउनु भयो । शैक्षिक सत्र २०८० को कक्षा ८ को वार्षिक परीक्षामा जम्मा ३ सय ८१ जना विध्यार्थी सहभागी भएको उहाँले बताउनु भयो ।
गाउँपालिकास्तरिय कक्षा ८ को परीक्षा एकदमै राम्रो र मर्यादित तरिकाले भैरहेको जोगागाँउ माविका निमित्त प्रधानाध्यापक जित वहादुर बर्माले बताउनु भयो । गाउँपालिकाले परीक्षा सभ्य र मर्यादित बनाउन अनुगमनलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनु भयो ।