लायन्स क्लब अफ नेपालगन्जले मनायो २७औं स्थापना दिवस, संजय थापा र शशी स्वार सम्मानित
Monday, March 18th, 2024, 2:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ चैत
लायन्स क्लब अफ नेपालगन्जको २७औं स्थापना दिवस (चाटर्ड नाइट) सम्पन्न भएको छ । लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष एमजेएफ लायन मख्खन बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष र लायनको विभिन्न पदमा रहेको सफलता पुर्वक जिम्मेवारी निर्वाह गर्नु भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा सुचना प्रविधि एवम् शिक्षा क्षेत्रमा महत्वपुणर् योगदान गर्नु भएको भन्दैं व्यवसायी संजय थापा र शिक्षा विज्ञ शशी स्वारलाई सम्मान गरिएको थियो ।
उहाँहरुलाई लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष एमजेएफ लायन मख्खन बहादुर धामी, कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक ३२५ एनका डिष्ट्रिक गर्भनर एमजेएफ लायन मुकुट ढकाल, फष्ट लेडी लायन मिना सुवेदी, विशिष्ट अतिथी मल्टिपल डायबिटिज कोर्डिनेटर एमजेएफ लायन सेमराज शाक्य, डिष्ट्रिक ३२५ एनका सेकेण्ड भिडिजी एमजेएफ लायन ज्ञानेन्द्र श्रेष्ठ, पिडिजी एमजेएफ लायन मधुसुदन शर्मा रिजाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली लगायतले पुरस्कृत गर्नु भएको थियो ।
२७ वर्ष अघि स्थापना भएको पश्चिम नेपालको जेठो क्लब लायन्स क्लब अफ नेपालगन्जले लायननिजको यात्रामा सधै नेतृत्वदायी भुमिका खेल्दै थुप्रै लायनहरु उत्पादन गरेको छ ।कार्यक्रममा अध्यक्ष धामीले आफनो कार्यकालमा गरेको महत्वपुणर् सामाजिक कार्यहरुको विवरण समेत सार्वजनिक गर्नु भएको थियो । आफनो एक वर्षको कार्यकालमा महत्वपुणर् सामाजिक कार्य गर्न सहयोग, सल्लाह र प्रेरणा प्रदान गर्ने अग्रजहरुलाई धामीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्जका दृतिय उपाध्यक्ष लायन यज्ञ बहादुर बस्नेतले शुभकामना मन्त्व्य राख्नु भएको थियो ।
शिक्षा क्षेत्रमा गरेको योगदानलाई मुल्याकन गर्दै सम्मान गर्नु भएको आयोजकलाई शशी स्वारले धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो,‘यो सम्मानको लागि डायनामिक लिडरलाई हार्दिक धन्यवाद । सम्मान आफैमा गर्व गर्ने कुरा हो । सामाजिक क्षेत्रमा लागेको व्यक्तिले पाउने यस्तै सम्मान मात्रै हो । यस्तो सम्मान पाउने सबैमा उर्जा जाग्रित होस । मलाई पनि अझै सामाजिक सेवा गर्ने उर्जा मिलोस भन्ने चाहन्छु ।’
यसैगरी सम्मानित भएपछि संजय थापाले जीवनको आजसम्मको यात्रामा साथ र सहयोग गर्ने अग्रज, सहकर्मीको आर्शिवादले सम्भव भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘लायन्स क्लब अफ नेपालगन्जको स्थापनादेखि हाल सम्म काम गर्ने अग्रज र साथीहरुलाई धन्यवाद दिन चाहन्छु । २७औं वर्षको यात्रामा यस क्लबले सामाजिक क्षेत्रमा थुप्रै राम्रा काम गरेको छ । मेरो योगदानलाई मुल्याकन गरेर सम्मान गर्नु भएकोमा आयोजकलाई धन्यवाद । आगामी दिनमा लायन्स क्लब अफ नेपालगन्जसँग सबैको समन्वय र सहकार्य हुने विश्वास दिलाउन चाहन्छु ।’

………..
कार्यक्रमको अवसरमा लायन्स क्लब अफ नेपालगन्जको समन्वयमा स्थापना भएको लायन्स क्लब अफ जीवनलाई टार्टर पेपर हस्तान्त्रण गरिएको थियो । कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथी, विशिष्ट अतिथीहरुले लायन्स क्लब अफ जीवनका अध्यक्ष जीवन शर्मालाई टार्टर पेपर हस्तान्त्रण गर्नु भएको थियो ।

…………..