सिद्धार्थ ग्रिन रिसोर्टले पायो चार तारे होटलको मान्यता
Monday, March 25th, 2024, 6:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कपिलवस्तु, १२ चैत
सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले चार तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरेपश्चात चार तले होटलको मान्यता दिएको हो । पर्यटन विभागका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी इजाजतपत्र दिइएको हो ।
२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् । साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलका ‘फिस फार्मु’ समेत रहेको छ ।
त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्रयाउन सफल रिसोर्टले चार तारा स्तरको मान्यता पाएसँगै व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिद्धार्थ हस्पिटालिटी गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।
रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पश्चात झण्डै ३ सय ८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताउनु भयो ।
रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएवापत राष्ट्रिय सम्मान पाइसकेको छ । कपिलवस्तु क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताउनु भयो ।