पत्रकार फुयाललाई एनएनआइपिए खेलकुद पत्रकारिता पुरस्कार
Monday, March 25th, 2024, 6:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
खेलकुद पत्रकारितामा लामो समय देखि सक्रिय भएर योगदान गरिरहनु भएका पत्रकार अजय फुयाल सम्मानित हुनु भएको छ । खेलाडी डटकमका प्रवन्ध सम्पादक तथा खेलकुद पत्रकार अजय फुयालले एनएनआइपिए खेलकुद पत्रकारिता सम्मान प्राप्त गर्नु भएको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले सोमबार १८औं एनएनआइपिए स्पोर्टस अवार्ड कार्यक्रममा फुयाललाई खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको हो ।
पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पु¥याएको योगदानको कारण फुयाललाई पुरस्कृत गरिएको हो । ललितपुरको शंखमुलस्थित यल दरबार भेन्युमा जारी समारोहमा सम्मानहित फुयालले ३५ रुपैयाँ हजार प्राप्त गरे ।
करिब तीन दशकदेखि पत्रकारीमा सक्रिय फुयाल खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष हुनुहुन्छ ।
फुयाल देखापढीडटकमका पुर्व सम्पादक, नागरिक दैनिकको खेलकुद व्यूरोको पुर्व सम्पादक हुनुहुन्छ । पत्रकार फुयाल करिब तीन दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले २४ वर्ष देखी खेल पत्रकारिताको क्षेत्रमा काम गर्दै आउनु भएको छ ।