बैजनाथमा कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दैं
Monday, June 3rd, 2024, 4:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, जेठ २१
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा एमाले परित्याग गर्दै कांग्रेसमा प्रवेशको संख्या बढेको छ । गतसाता नेकपा एमालेका स्थानिय युवा नेता दलबहादुर बुढा हस्त थापा, तुले बुढा सहित ४१ जनाले सहकारी ठगी काण्डमा आरोपित गृहमन्त्री रबि लामिछानेलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी ओलि सहित सिङ्गो पार्टी जोडबलका साथ लागेकोको भन्दैं पार्टी परित्याग गरेका थिए ।
जनता र देश भन्दा पनि भ्रष्टहरुलाई जोगाउन एमाले लागेको आरोप लगाउदै बैजनाथका युवाहरुले पार्टी परित्याग गरेका हुन् । गत शनिबार नेपाली कांग्रेस बैजनाथ गाउँ पालिका वडा नम्बर ४ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा ३१ जनाले एमाले परित्याग गर्दै कांग्रेस प्रवेशको कांग्रेसका स्थानीय युवा नेता कर्णबहादुर कठायतले जानकारी गराए ।
पार्टी प्रवेश गराउन अगुवाइ गर्नु भएका नेपाली कांग्रेसका वडा कोषाध्यक्ष अमर बिसिका अनुसार देबिसरा सुवेदी ,वीर बहादुर बुढा ,रत्न बहादुर बरैमगर प्रेमबहादुर सिजाली मगर , खडक बहदुर बुढा निर्मल कठायत , भिमबहादुर कठायत, सुभद्रा देबि कठायत प्रतिमा खड्का , केवलि थारु, कविता बोगटि, कल्पना परियार, नवीन कुमार शाही, डम्बर बहादुर शाही, रबिना शाही, चन्द्र कला बुढा, दिपक बुढा लगायत ३१ जनाले कांग्रेस प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य मेघराज ओलीले नब प्रबेशीहरुलाइ पार्टीमा स्वागत गर्दै कांग्रेसमा भखरै जोडिए पनि अवसरका सन्दर्भमा उपयुक्त ब्यक्तिले उपयुक्त स्थान पाउन नयाँ पुरानोका बिचमा कुनै किसम विभेद नगरिने बताए ।
महासमिति सदस्य ओलिले नेपाली कांग्रेसको आन्तरिक जीवनमा जे जस्ता झमेला भएता पनि लोकतन्त्रको मुलभुत मान्यता , नेपाली जन्ता र नेपाल देशका बिरुद्ध कुनै पनि शक्तिसँग सम्झौता नगरेको गौरबमय सुनौलो इतिहास रहेको दाबी गरे ।
राज्य शक्तिमा जान अवसर नपाएर टुटफुट हुने कम्युनिस्ट दलहरू र अरुलाइ गाली गलोज गर्दै जनता माझ भ्रमको खेती गरेर जनता लाई लुटन अग्रसर हुने नयाँ नामक दलहरु जस्तो गैरजिम्मेवार चरित्र कांग्रेसको नभए ओलीले उल्लेख गरे । उनले भने, ‘सत्य बोल्ने जे भन्यो त्यो गर्ने । झुठको फेहरिस्त होइन यर्थातको धरातलमा चट्टान झै अडिग रहने ब्यक्ति होइन बिधिलाइ सर्बोपरी ठान्ने नितिकै कारण सत्ता भन्दा बाहिर रहेको बेलामा समेत निस्वार्थ जनता कांग्रेसमा प्रबेश गर्दछन् ।’
कार्यक्रममा महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले कांग्रेसको नीति र बिचार संसारको सबैभन्दा लोक प्रिय बिचार रहेको बताउदै कांग्रेस जस्तो इतिहास बोकेको पार्टी जोडिएकोमा नव प्रबेशीहरुलाई स्वागत गर्दैसँग सँगैं यात्रा गर्ने कुरामा जोड दिए ।
वडा सभापति चन्दको अध्यक्षतामा भएको सो कार्यक्रममा नव प्रबेशिका तर्फबाट बोल्दै देवबहादुर बुढाले लामो समय एमालेमा आवद्ध रहदा झुठको खेती बाहेक अरु केही पाउन नसकेको भनाइ राखे ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य टंक काफले, बाँके क्षेत्र नम्बर ३ प्रदेश क सभापति केशव शाह , क्षेत्र नम्बर ३ का सचिव ज्ञानबहादुर ओली , पालिका सभापति देवबहादुर केसी , बैजनाथ गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही, वडा सदस्य कर्ण कठायत, कांग्रेस ४ का कोषाध्यक्ष अमर बिसि , सह सचिव श्याम बुढा लगायतले आ–आफनो भनाइ राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी ओलीले नव प्रबेशीहरुलाई खादा,अबिर लगाएर कांग्रेसमा प्रवेश गराउदै पार्टीको सदस्यता प्रदान गर्नु भयो ।