कोहलपुरको खुलामंचमा नेपाल र नेदरल्यान्डस बिचको खेल हेर्न पाईने
Tuesday, June 4th, 2024, 5:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २२ जेठ
आइसिसी ट्वान्टी–२० विश्वकप अन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ । डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९ः १५ बजेबाट सुरु हुने छ ।
उक्त खेल हेर्नको लागि सबै नेपाली व्यग्र प्रतीक्षामा छन् । यहि कुरालाई दृष्टिगत गरि कोहलपुर नगरपालिकाको आयोजना र वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडको समन्वयमा कोहलपुर न्यूरोड स्थित खुलामन्चमा ठूलो पर्दामा सबैले एकैपटक एकै साथ खेल हेर्न मिल्ने व्यवस्था मिलाइएको छ ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मंगलबार राती हुने नेपाल र नेदरल्यान्ड बिचको खेल ठूलो पर्दा अर्थात प्रोजेक्टरबाट प्रत्यक्ष प्रसारण गरिने भएकाले सम्पूर्ण खेल प्रेमी यूवाहरुलाई नेपाली खेलाडीको हौसलाको लागि उपस्थिति भएर खेल हेर्न अनुरोध गर्नु भएको छ ।
नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ । दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन् । यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२०अन्तर्राष्ट्रिय खेल भइसकेका छन् र स्थिति लगभग बराबरीमा छ । नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ ।