३ हजार भन्दा बढी सर्वसाधरणलाई चिसो पानी वितरण गरे कैलपालका विद्यार्थीले
Wednesday, June 5th, 2024, 9:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ जेठ
कैलपाल हस्पिटल एण्ड कलेजका विद्यार्थीले बुधबार नेपालगन्जमा सर्वसाधारणलाई चिसो सर्वत पानी वितरण गर्नु भएको छ ।
नेपालगन्जमा अत्याधिक तापक्रम बढिरहेका बेला विद्यार्थीले मानविय सेवा भावले सर्वसाधारणलाई चिसो पानी निःशुल्क रुपमा वितरण गर्नु भएको हो । बुधबार गणेशमान चोकमा कैलपालका विद्यार्थीले ३ हजार भन्दा बढी सर्वसाधरणलाई चिसो सर्वत पानी वितरण गर्नु भएको थियो ।
नेपालगन्जको गणेशमान चोकमा बुधबार विहानै देखि कैलपाल हस्पिटल एण्ड कलेज प्रालि नेपालगन्ज–१० का विद्यार्थी र व्यवस्थापन टिम पानी वितरण सक्रिय भएर लाग्नु भएको थियो ।
चिसो पानी वितरणमा कलेजका म्यानेजिङ डिरेक्टर संजय सिंह, डिरेक्टर रेवती सिंह सहित टिमले स्वयम सेवकका रुपमा काम गर्नु भएको थियो ।
गणेशमान चोक भएर आवात जावत गर्ने सर्वधारणलाई विद्यार्थीहरुले चिसो पानी प्रदान गर्नु भएको थियो । कलेजको संचालक रेवती सिंहले मानवीय सेवा भावले सडकमा आफनो काम हिडन् सर्वसाधरणको लाागि थोरै भएपनि सहज होस भनेर पानी वितरण कार्यक्रम गरिएको बताउनु भयो ।
………….
…………..
प्राविधिक शिक्षाको क्षेत्रमा चर्चित कलेज कैलपालमा पिसिएल इन जनरल मेडिसिन, पिसिएल मेडिकल ल्याब टेक्नोलोजी, पिसिएल डाइग्नोस्टिक रेडियोग्राफी, डिप्लोमा इन फार्मेसी र कम्प्युटर इन्जिनियरिङको पढाइ हुने गरेको छ ।
………..
………….
…………