सर्वोत्कृट छात्रालाई केसीले प्रदान गर्नुभयो छात्रबृत्ति
Thursday, September 19th, 2024, 5:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
धम्बोझी, असोज ३ गते
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय महासचिव एवम् नेपाली कांग्रेसका नेता पोषण केसीले सर्वोत्कृष्ट अंक ल्याएकी छात्रालाई छात्रबृत्ति प्रदान गर्नु भएको छ । पुर्व महासचिव केसीले आफ्नो स्वर्गीय बुवाको नाममा स्थापना गरेको १ लाखको अक्षयकोषबाट छात्रबृत्ति प्रदान गर्नु भएको हो ।
केसीले आफुले अध्ययन गरेको र अध्यापन गराएको राप्तीसोनारी–१ कुसुमस्थित कुसुमेश्वर माध्यमिक विद्यालयको बार्षिक परीक्षामा सर्बाेत्कृष्ट अंक ल्याई प्रथम हुने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी अक्षयकोष स्थापना गर्नु भएको छ ।
शैक्षिक सत्र २०८० बार्षिक परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याई प्रथम हुनु भएकी कक्षा ९ मा अध्यनरत छात्रा पुनम चौधरीलाई ५ हजार १ सय छात्रबृत्ति प्रदान गरिएको छ ।
केसीले बुवाको सम्झनालाई चिरस्थायी बनाउँदै स्थानीय स्तरमा शिक्षाको स्तर बढाउनको लागि विद्यार्थीलाई हौसला मिलोस भनेर अक्षयकोष स्थापना गरेको बताउनु भयो ।
राप्तीसोनारी १ लौकी निवासी केसी नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति हुनुहुन्छ । नेपाल पत्रकार महासंघका पूर्व महासचिव केसीले रेडियो नेपालमा काम गर्नु भएको थियो ।