कोभिड १९ विरुद्धको (EpiVacCorona) नाम गरेको दोस्रो भ्याक्सिन बनाएको रुसको दाबी, कुनै साइड इफेक्ट नभएको जिकिर
Sunday, August 23rd, 2020, 12:05 pm
amit
एजेन्सी, ७ भदौ । रुसले कोभिड १९ विरुद्धको दोस्रो भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । (EpiVacCorona) नाम दिइएको यो भ्याक्सिनको कुनै साइड इफेक्ट नभएको डेली मेलको रिपोर्टले बताइएको छ ।
यसअघि ‘स्पूतनिक भी’ नामको कोरोनाभाइरस भ्याक्सिन बनाएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनल घोषणा गरिसकेका छन् । सो भ्याक्सिनका थुप्रै साइड इफेक्ट भएको भन्दै रुसले अत्यधिक आलोचनाको सामना गर्नुपरेको थियो । रुसका अनुसार पहिलो भ्याक्सिनको जुन साइड इफेक्ट छ, त्यो नयाँ भ्याक्सिन लगाउँदा देखिने छैन ।
रुसले यो दोस्रो भ्याक्सिनबारे पनि थुप्रै शंका गरेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको भ्याक्सिन सन् २०२१ भन्दा अघि आउन नसक्ने जानकारी दिइसकेको छ ।
रुसले आफ्नो नयाँ भ्याक्सिनको निर्माण साइबेरियाको विश्व चर्चित भाइरोलोजी इन्स्टिच्युट (वेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजी) मा गरेको छ । यसअघि यो इन्स्टिच्युट टप सिक्रेट बायोलोजिकल वेपन रिसर्च प्लान्ट हुने गर्दथ्यो ।
सो नयाँ भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पुरा हुने रुसी वैज्ञानिकले बताएको छ । ५७ व्यक्तिमाथिे नयाँ भ्याक्सिन परीक्षण गरिएको र उनीहरु पूर्ण रुपमा स्वस्थ हुनुका साथै राम्रो महसुस गरिरहेको पनि दाबी गरिएको छ ।
यो नयाँ भ्याक्सिनको दुई डोज लगाउनुपर्नेछ भने पहिलो डोज दिएको १४ देखि २१ दिनपछि दोस्रो डोज लगाउनुपर्नेछ । यसैगरी रुसले अक्टोबरसम्म यो भ्याक्सिन रजिस्टर गर्ने र नोभेम्बरबाट यसको उत्पादन सुरु गर्ने आशा राखेको छ ।
त्यस्तै वेस्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोभिड १९ विरुद्धको १३ वटा सम्भावित भ्याक्सिनमाथि काम गरिसकेको छ भने चीन, अमेरिका र बेलायत पनि कोरोनाको सफल भ्याक्सिन तयार गर्न लागि परेका छन् र तीमध्ये तीन देशको भ्याक्सिनको तेस्रो (अन्तिम) चरणको ट्रायल चलिरहेको छ ।