चलचित्र ज्वाई साब : हलले सो नदिएको गुनासो
Friday, October 18th, 2024, 9:28 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ कात्तिक
नेपालगन्जमा दर्शकहरुले नेपाली चलचित्र ज्वाई साब हेर्न नपाएको गुनासो गरेका छन् । बुधबार नेपालगन्जका हलहरु भिजिट गर्ने क्रममा दर्शकहरुले चलचित्र ज्वाई साबको टिमलाई चलचित्र ज्वाई साब हेर्न नपाएको गुनासो गरे ।
यहि मंगलबार चलचित्र ज्वाई साब हेर्न बर्दियाबाट नेपालगन्ज आएका दर्शकले नेपालगन्जमा हलहरुले सो नदिएका कारण आफूहरुले चलचित्र ज्वाई साब हेर्न नपाई फर्केको समेत प्रतिक्रिया दिएका छन् ।
यहि असोज २४ गते फुलपातीदेखि प्रदर्शनरत चलचित्र ज्वाइँ साबको समूहले चलचित्र प्रदर्शनमा आएपछि पहिलोपटक मोफसलको यात्रामा नेपालगन्ज आएका थिए । उक्त टोलीमा चलचित्र ज्वाई साबको प्रमुख पात्र जितु नेपाल, निती शाह, निर्देशक बसन्त निरौलालगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालगन्जमा रहेको सिने रोयल र बागेश्वरी सिनेमाजमा भिजिट गरेका थिए ।
सोपश्चात पत्रकारसँगको भेटघाटमा पनि ज्वाई साबको टिमले मोफलसमा ज्वाई साबको दर्शकले मन पराउँदा पराउँदै पनि सोलाई कटौति गरिएको गुनासो गरे ।
दशैंको मौका छोपेर रिलिज गरिएको यस चलचित्रको भिडन्त आफैंमा ब्राण्ड रहेका दुई ठूला ब्यानरका चलचित्र छक्का पन्जा ५ र १२ गाउँ भिडन्त भयो । तर चलचित्रका नायक जीतु नेपाल भने यो भिडन्त नभइ नेपाली चलचित्रको महोत्सव भएको जिकिर गरे । दशैं सबैको हो र यो दशैंमा ब्यापारको सम्भावना राम्रो हुने भएकाले यो समय रोजेको उनको भनाइ थियो ।
निर्देशक बसन्त निरौलाले हलहरुले शो दिन कन्जुस्याइँ गरेको र केही हलहरुले बिहान र रातीको मात्र सो दिएको गुनासो गरे । सबैलाई पायक पर्ने समयमा शो राख्दा हाउसफुल जाँदा पनी पछि शो घटाएको उनले भनाइ थियो ।
दर्शकको समयअनुसार शो नभएका कारण पनि दर्शकले ज्वाई साब हेर्न नपाएको दर्शकको गुनासो रहेको चलचित्रकि नायिका नीति शाहले बताइन् । उनले नेपालगन्ज भिजिटका क्रममा ३० भन्दा बढी व्यक्तिहरुले चलचित्र हेर्न नपाएको गुनासो आफूहरुसँग गरेको बताइन् ।
पछिल्लो समय (दशैं सेरोफेरोमा) नेपाली चलचित्रले लगभग सबै जसो सिनेमाघरमा राज गरिरहेको अवस्था छ । तर कलाकार लगाएत निर्माण टिम राजधानी भन्दा बाहिर मोफसलका सिनेमाघरहरु र त्यहाँका दर्शकलाई वास्तै नगरेको अवस्थामा चलचित्र ज्वाईं साबको टीम हल भिजिटमा आउँदा भने दर्शकहरु खुशी भएका थिए ।