सातौं औ टुर दि ठाकुरद्धाराको संयोजकमा कार्की
Thursday, January 9th, 2025, 10:40 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २५ पुस
सातौं टुर दि ठाकुरद्धारा प्रतियोगिताको सातौं संस्करण माघको २४देखी २६ गते सम्म हुने भएको छ । पर्यटन प्रबर्धन, वातावरण संरक्षण,जनस्वास्थ्य लगायत बिभिन्न सामाजिक विषयको वकालत गर्ने उदेश्यले स्थापित नेपालगञ्ज साईक्लिङ क्लबले हरेक वर्ष प्रतियोगिताको आयोजना गदै आएको छ ।
देश विदेशको साईकिलिस्टहरुको रोजाईको यो कार्यक्रम देश कै उत्कृष्ट प्रतियोगितामा पर्ने गरेको आयोजकले बताएको छ । प्रतियोगितामा नेपालको पुर्व झापा धरान ,बारा पर्सा, पोखरा हेटौडा बुटवल देखी काठमाण्डौ ललितपुर भक्तपुर तथा भारतको धेरै शहरहरुबाट समेत साईकिलिस्ट हरु सहगागीता रहने गरेको छ ।
यसैगरी प्रतियोगितालाई सफल बनाउन नेपालगञ्ज साईक्लिङ क्लबको बैठकले प्रतियोगितामा संयोजकमा सुरेन्द्रदिप कार्कीलाई चयन गरेको छ । बैठकले मूल समिति संयोजकमा प्रदिप सापकोटा ,नेपालगञ्ज किड्स रेस संयोजकमा रमेश मल्ल, आर्थिक ब्यबस्थापन उपसमितिमा राजेश कुमार गुप्ता ,सचिवालय व्यबास्थापन उपसमितिमा ईन्द्र कुमार गिरि, संघ सस्था उप समितिमा कविराम बुढाथोकी, आवास तथा भोजनमा प्रेम केसी, प्रचार प्रसारमा चन्द्र कडेँल, अथिति सत्कारमा सुनिल सिंह हमाल ,परामर्श तथा अनुगमनमा सतिस निरौला, पोसाक तयारीमा बालाराज श्रेष्ठ र राइडर ब्यवस्थापन र सुरक्षाको जिम्मा दिपक मल्ललाई चयन गरेको छ ।
यसैगरी बैठकले माघ २ गतेबाट अनलाईन दर्ता खुला गरिने र २० गते बन्द गरिने कुरा क्लबको अध्यक्ष प्रदिप सापकोटाले बताउनु भयो ।