उप–कुलपति प्रा.डा. नेपाललाई नेपालगन्जमा सम्मान
Thursday, January 9th, 2025, 7:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ पुस
नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उप–कुलपति प्रा.डा.धनेश्वर नेपाललाई नेपालगन्जमा सम्मान गरिएको छ । महेन्द्र पुस्तकालय नेपालगन्जले बिहीवार बधाई तथा स्वागत कार्यक्रमको आयोजना गर्दै सम्मान उप–कुलपति प्रा.डा.नेपाललाई गरेको हो ।
उप–कुलपति प्रा.डा. नेपाललाई भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरि प्रसाद तिमिल्सिना, तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगन्जकी अध्यक्ष मीना बराल, भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, पुस्तकालयका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल अबिर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका नवनियुक्त उप–कुलपति प्रा.डा.नेपालले आफुले अध्ययन गरेको विश्वविद्यालयको उप–कुलपति पदमा नियुक्त भएको भन्दै भएका चुनौतीलाई समाधानमा सक्रियता रहने बताउनुभयो ।
त्यही विश्वविद्यालयमै अध्ययन गरेको र अहिले उप–कुलपतिमा नियुक्त भएको छु ।,’ प्रा.डा.नेपालले भन्नुभयो, ॅत्यहाँ धेरै चुनौतीहरु पनि रहेको छ, त्यसलाई समाधानका लागि आफ्नो योजनाहरु रहनेछ । साथै महेन्द्र पुस्तकालयलाई सक्ने सहयोग गर्नेछु ।’
पुस्तकालयका उपाध्यक्ष पंकज श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा शास्वत आचार्य स्मृति प्रतिष्ठान बाँकेका संस्थापक प्रा.डा.जनार्दन शर्मा आचार्य, सर्वदा साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र गिरी कोपिला, प्रलेस बाँकेका अध्यक्ष पुष्पमणि प्रधान, अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक तथा विश्व हिन्दी महासभा नेपाल केन्द्रीय समितिका अध्यक्ष बिष्णुलाल कुमाल, जैद अहमद खान, वरिष्ठ लेखक नरेन्द्रजंग पिटर, भेरी साहित्य समाज केन्द्रीय समितिका उपाध्यक्ष ईश्वरी प्रसाद रिजाल, कोषाध्यक्ष राजकुमार चौधरी, सदस्य भरतबहादुर रानाभाट, जमील अहमद हाश्मी, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष खोपीराम ओली क्षेत्री, जगदीश ढकाल, कृष्ण मुरारी प्रसाद भट्ट, बीपी अस्तु, वरिष्ठ अधिवक्ता भीम बहादुर शाही, गीत अधिकारी, बिभु शर्मा, गणेश रिजाललगायतको सहभागिता रहेको थियो ।