‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१: बुद्ध युवा क्ल्ब सेमिफाइनलमा प्रवेश
Thursday, January 30th, 2025, 8:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १७ माघ
बुद्ध युवा क्ल्ब नेपालगन्ज–१२ ‘तेस्रो डम्बर रानाभाट स्मृति कप–२०८१’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा बुद्ध युवा क्ल्बले भद्रकाली क्लब खजुरालाई २–० ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । अब सेमिफाइनलमा बुद्ध युवा क्ल्बले शुक्रबार हिमालय ‘बि’ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीबार धौलागिरी विद्यालयको खेल मैदानमा बुद्ध युवा क्ल्बका ललित बुढाले पहिलो हाफमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । त्यसैगरी दोस्रो हाफमा बुद्ध युवा क्ल्बका सौगात शर्माले खेलको २३औँ मिनेटमा दोस्रो गोल गर्दै टोलिलाई दुई गोलको अग्रता दिलाउनु भएको थियो । तर भद्रकाली क्लब खजुराले जवाफमा कुनै गोल गर्न सकेन ।

……….
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल खेलको समिकरण पुरा भएको छ । शुक्रबार हुने पहिलो सेमिफाइनलमा हिमालय ‘ए’ र जि.प्र.का. पुलिस प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा हिमालय ‘बि’ र बुद्ध युवा क्ल्ब नेपालगन्ज–१२ प्रतिस्पर्धा गर्नेछन् । क्रमश पहिलो र दोस्रो खेल बिहान १२ः०० बजे र २ः०० बजे धौलागिरी विद्यालयको खेल मैदानमा हुनेछ ।
आयोजक हिमालय सामुदायिक क्लबका सचिव जिवन कार्कीका अनुसार प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफिको पाउने छ ।

……..
प्रतियोगिता संचालनका लागि खजुरा गाउँपालिकाले २ लाख र बाँकी विभिन्न दाताहरुबाट व्यवस्थापन गरिएको क्लबका अध्यक्ष किरण थापाले बताउनुभयो । प्रतियोगिताको फाईनल माघ १९ गते हुनेछ ।

………….