मेयर तथा उपमेयर कप टि–२० क्रिकेट: योङ्ग गन्स फाइनलमा प्रवेश
Wednesday, February 12th, 2025, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० माघ
योङ्ग गन्स नेपालगन्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा योङ्ग गन्सले नेपाल टाइगरलाई पराजित गरेर फाईनलको यात्रा कायम गरेको हो ।
फाइनलमा योङ्ग गन्स र ज्योति स्र्पोटस एकेडमीबीच प्रतिस्पर्धा हुने भएको छ । योङ्ग गन्सले २० रनले टाइगरलाई पराजित गरेको थियो । पहिला व्याटिङ्ग गरेको योङ्ग गन्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९६ रन बनाउन सफल बनेको थियो ।
उसका लागि खेलाडी बिजय चौधरीले ४४ रन, सैजाद वागवान र सुनिल भण्डारीले समान ३४÷३४ रनको योगदान दिनुभयो भने राहुल शर्माले ३३ रन जोडन सफल हुनुभयो । जवाफी व्याटिङ्ग गर्न मैदानमा उत्रिएको टाइगरले २० ओभर खेल्दै ९ विकेट गुमाउँदै १ सय ७६ रनमै समेटिएको थियो ।
यसका लागि शदाब अन्सारीले २९, साहिल अन्सारीले २७ रन, अदनान अन्सारी २५, रिजवान अन्सारीले २४ र समशुद्दिन तथा सैबाज खानले समान २०÷२० रन जोड्न बाहेक अन्यले मैदानमा टिक्न सकेनन । खेलमा योङ्ग गन्सका गौतम कनोजिया र प्रतिक गिरीले समान ३÷३ विकेट लिनुभएको थियो भने टाइगरका खेलाडी जानु कसगरले ४ विकेट, शैजाद खान र अफाक शेषले समान २÷२ विकेट लिनुभएको थियो ।
बुधबारको खेलमा योङ्ग गन्सका खेलाडी सुनिल भण्डारी म्यान अफ दि म्याच घोषित हुनुभयो । बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।