वन संरक्षणको सवाल,चुनौती र अबसरका बारेमा अन्तक्रिया
Thursday, February 13th, 2025, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ फागुन
जैबिक चौतारीको माध्यामबाट वन संरक्षणको सवाल, चुनौती र अवसर सम्बन्धी छलफल तथा संवाद विषयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
डिभिजन वन कार्यालयको सहयोग, बास नेपालको आयोजनामा माघ २९ गते मंगलवार राप्तीसोनारीको वडा नम्बर ५ बिनौनाको वडा कार्यालयमा सम्पन्न उक्त संवाद कार्यक्रममा सहभागीहरुले आफुले भोग्नुपरेका समस्याहरु राखेका थिए ।
५ वटा सामुदायिक वनबाट सहभागी रहेको कार्यक्रममा सामुदायिक वनका पदाधिकारीहरुले सामुदायिक वनहरु खोलानालाले कटान गरेको, आगलागिको समस्या, चोरी पैठारीको समस्या, मानिसहरुमा जनचेतनाको कमी, निलगाईले समस्या भएको, सामुदायिक बनको छेउमा तालजाली नहँुदा जँगली जनावारबाट बालीनालीको असुरक्षा भएको गुनासोहरु राखेको थिए ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य गोबिन्द जैशीले बिनौनामा रहेको सामुदायिक बनहरुको प्रभावकारी संरक्षणका कारण बन्यजन्तुहरु बृद्धि भएको उल्लेख गर्दै बन्यजन्तुहरुलाई चोरीशिकारी गर्नेहरुबाट बचाउन र बन्यजन्तुहरुको आक्रमणबाट नागरिकहरु जोगाउन चुनौती रहेको बताए नष्ट गरेपछि स्थानिय पालिका तथा वडामा निबेदन दिदा पनि सुनुवाई नभएको बताउनुभएको थियो ।
कार्यक्रममा सबडिभिजन वन कार्यालय राप्तीसोनारीका गया प्रसाद करिया बयुवाले बन संरक्षण लागि उपभोक्ताहरुलाई बन संरक्षण सम्बन्धी तालिम तालिमको अबश्यक्ता रहको बताउनुभएको थियो ।
कार्यक्रममा राप्तीसोनारी ५ का सचिव लोकेन्द्र सिंह साउँद, टोल बिकास समितिका सचिव यमुना गिरी, समयभवानी सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ५ का अध्यक्ष भोला थारु, सिद्धेश्वरी सामुदायिक बन उपभोक्ता समूह राप्तीसोनारी ५ का अध्यक्ष सबिन पुन मगर, सुनखोली सामुदायिक बन उपभोक्ता समूह अध्यक्ष होम बहादुर रावल, कन्याकारी सामुदायिक बन उपभोक्ता समूहका सचिव बिमला कुमारी चौधरी, कर्नेराजा सामुदायिक बन उपभोक्ता समूहका रिसिम थारु लगायतले बनसँग सम्बन्धित बिभिन्न सवालहरु बारे बोलेका थिए ।
कार्यक्रम बास नेपालका सिएफए ज्योती बुढाले सहजिकरण गरेकी थिईन् ।