शाहीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेको नयाँ नेतृत्व चयन
Sunday, March 2nd, 2025, 2:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, फागुन १८ गते
राजन शाहीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । दोस्रो कार्यकालको लागि अध्यक्ष बन्नु भएका शाहीसँगैं महासंघ बाँकेको उपाध्यक्षमा मुस्लिम खान, महिला उपाध्यक्षमा बिन्दु शर्मा, सचिवमा मेघराज बराल, सह–सचिवमा रन्जना घर्ती, कोषाध्यक्ष शर्मिला सुवेदी सहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित हुनु भएको छ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य एवं स्वास्थ्य विभाग ईन्चार्ज पुर्व मन्त्री कृष्ण गोपाल श्रेष्ठ, नेकपा एमाले पार्टी केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य दिपा शर्मा, संगठन राष्ट्रिय सल्लाहकार परिषद अध्यक्ष राम बहादुर चन्द, पार्टी जिल्ला कमिटी उपसचिव किशोर थापा, संगठन केन्द्रिय उपाध्यक्ष भिमराज सिंह, संगठन प्रदेश कमिटी अध्यक्ष चिन्तामणि ज्ञवाली लगायतको उपस्थिती रहेको थियो । अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष राजन शाहीले संगठनलाई अझ क्रियाशील बनाउने, संगठनकर्मीहरूका साथै समग्र स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि पहल र समन्वय गर्दै स्वास्थ्यकर्मीहरूको हकहित, अधिकार र पेशागत सुरक्षाको लागि निरन्तर पहल र पैरवी गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।