नेपालमा लिपमोटर टि ०३ को लन्च
Tuesday, March 4th, 2025, 6:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर टि ०३ को लन्च गरेको छ । काठमाडौंमा भएको एक विशेष समारोहमा लिपमोटर टि–०३ को आधिकारिक रूपमा लन्च गरिएको हो । लिपमोटर टि०३ मा ३७.३ किलोवाट ब्याट्री रहेको छ, जसको डब्लुएलटिपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ ।

……..
यसमा लेभल–२ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव दिन्छ ।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो,‘हामी लिपमोटर टि०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं । दिगो यातायात भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ ।’
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले आफ्ना धारणा राख्दै सेवा लिन ग्राहकलाई आग्रह गर्नु भएको छ । साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र सन् २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ ।
सि १० को हालको लञ्च र अहिले लिपमोटर टि ०३ को लञ्चले कम्पनीको नेपालमा विश्वस्तरीय अटोमोटिभ ब्रान्ड ल्याउने प्रतिबद्धता अझ सुदृढ बनाएको छ । प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य रहेको साङ्ग्रिला मोटर्सले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । नेपालमा लिपमोटर र सिट्रोनका आधिकारिक विक्रेता साङ्ग्रिला मोटर्सले नवीनतम प्रविधियुक्त र दिगो विकासलाई प्राथमिकता दिने सवारी साधनलाई प्राथमिकतामा राख्दै आएको छ । लिपमोटर टि ०३ चाडैं नै स्वस्तिका अटो गनापुर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।