आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदा सम्बन्धी परामर्श कार्यशाला गोष्ठी सम्पन्न
Tuesday, March 4th, 2025, 6:26 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
नेपालगन्जमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति २०८१–२०९१ को मस्यौदा सम्बन्धी प्रादेशिक परामर्श कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा सोमबार सरोकारवाला निकायसँग मस्यौदाको बारेमा छलफल गरि सुझाव संकलन गरिएको छ ।

……….
परामर्श कार्यशाला गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. बासुदेव उपाध्याय प्रमुअ अतिथीको रुपमा सहभागि हुनु भएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकी, नेपाल आयुर्वेद चिकित्सा परिषद सदस्य डा. सन्तोष कुमार ठाकुर, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादव, नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा. चन्द्र प्रसाद भुषाल, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीले चिकित्सा सेवाको महत्वको बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा चिकित्सा अन्तर्गत तिन वटै प्रदेश आयुर्वेद प्रमुख, जिल्ला स्थित आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख, स्थानीय तहका आयुर्वेद संस्थाका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।
आयुर्वेदसँग सम्बन्धित शैक्षिक संस्था प्रमुखहरु, जिल्ला जनस्वास्थ्य प्रमुख, विभिन्न योग सम्बन्धी संघ–संस्था प्रमुख, परम्परागत चिकित्सा सम्बन्धि व्यक्तिहरुले आगामी दश वर्षमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी रणनीतिहरुमा सुधार गर्दै नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा मौलिक चिकित्सा रहेकोले तिनै तहको सरकारबाट समन्वय आम जनतालाई कसरी सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने बारेमा सुझाव दिनु भएको थियो ।
यसैगरी नसर्ने रोग लगायत अन्य पञ्चकर्म सेवा, योग लगायतबाट कसरी सेवा प्रभावकारी रुपमा संचालन गर्ने बारेमा विभिन्न कार्यदलहरुले सुझाव प्रस्तुत गरी आगामी १० वर्षको रणनीतिमा समटने बारेमा छलफल भएको डा. शिवराज सुवेदीले बताउनु भयो । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा भएको कार्यक्रमको उद्देश्य, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको क्षेत्रको प्रगति सम्बन्धी अवधारणा शाखा प्रमुख डा. पुष्पराज पौडेलले गर्नु भएको थियो भने रणनीतिको बारेमा प्रस्तावित मस्यौदा उपर डा. श्याममणि अधिकारीले चर्चा गर्नु भएको थियो ।