आर एण्ड बी इलेक्ट्रो मार्टको अर्को शाखा बिस्तार
Saturday, March 8th, 2025, 9:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ फागुन
आर एण्ड बी इलेक्ट्रो मार्टले थप एक नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकको माग बढेसँगै मार्टले शाखाका रूपमा नेपालगन्जको सुर्खेतरोडमा एलजी शोरूम सञ्चालनमा ल्याएको हो । विगत ७ वर्षदेखि घरवारीटोलमा मार्टले इलेक्ट्रोनिक्स सामानहरू बिक्री वितरण गर्दै आएको छ ।
घरवारीटोल पसलमा ग्राहक आउँदा एलजी इलेट्रोनिक्स सामानको माग धेरै बढेपछि थप शाखा खोल्न उत्प्रेरित भएको मार्टकी प्रोप्राइटर अस्मिता रिजालले बताउनुभयो । उहाँले ग्राहकलाई सामान बिक्री मात्र नभए पछि पनि चाहिने सेवामा कुनै कञ्जुस्याई नगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रोप्राइटर रिजालले एलजीको सम्पूर्ण होम अप्लाइन्सेस जस्तै टिभि, फ्रिज, एसी, वासिङ्ग मेसिनलगायत इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध रहेको बताउनुभयो । मार्टमा २५ हजार भन्दामाथिका एलजी सामान खरिदमा ईएमआईको व्यवस्था गरिएको छ ।
मार्टका अर्का संचालक भानु रिजालले शोरुममा आगामी चैत्र ९ गतेसम्म १५ हजार भन्दा बढीको खरिदमा हात खाली नजाने स्पिन एण्ड वीनको व्यवस्था रहेको बताउनुभयो । “एलजीको सामान खरिद गर्दा कम्पनीले दिने वारेन्टी सेवा त छदै छ, अन्य होम सर्भिस सेवा पनि उपलब्ध छ, संचालक भानुले भन्नुभयो, यसले गर्दा ग्राहकले ठूलो सामानहरूको सर्भिसमा घरमै सेवा पाउनुहुनेछ ।”
मार्टमा एलजीका पुराना सामान ल्याएर इन्जिनियरद्वारा मूल्यांकन गरी नयाँ समानसंग एक्सचेन्ज पनि गर्न संचालक भानु बताउनुभयो । करिब १ करोड लागतमा संचालन भएको मार्टको शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले उद्घाटन गर्नुभएको थियो ।