होटल सेन्ट्रल प्लाजाको सरोवर डाईनिङ रेष्टुरेन्ट ‘रि–ओपनिङ’
Tuesday, March 11th, 2025, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ फागुन
बाँकेको दोस्रो पाँच तारे होटेल होटल सेन्ट्रल प्लाजा प्रालीको सरोवर डाईनिङ रेष्टुरेन्टको ‘रि–ओपनिङ’ गरिएको छ । २४ सै घण्टा रेष्टुरेन्ट सुविधा उपब्ध गराउँदै मंगलबार सरोवर डाईनिङ रेष्टुरेन्टुको ‘रि–ओपनिङ’ गरिएको हो । लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी नमुना, होटल संचालक अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, कोहलपुर नगरपालिका उपमेयर संगीता सुवेदीले संयुक्त रुपमा रेष्टुरेन्टको उद्घाटन गर्नु भएको थियो ।
कोहलपुर नगरपालिकामा रहेको होटल सेन्ट्रल प्लाजाले नयाँ सुविधाहरु थप्दै सेवाहरुलाई थप प्रभावकारी बनाउने उद्देश्यले काम गरिरहेको होटेलका सेल्स एण्ड मार्केटिङ म्यानेजर गिल्वर्ट डेनियलले बताउनु भयो । होटलमा आकर्षक कार्यक्रम र अन्य सुविधा थप्दै ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेको उहाँले बताउनु भयो ।
होटल सेन्ट्रल प्लाजामा ७१ वटा सुविधा सम्पन्न कोठा, स्विमिङ पुल, कार्यक्रम तथा बैठकका लागि ३ वटा सेमिनार हल, गार्डेन, स्पा, जिम, बार एण्ड रेष्टुरेन्ट लगायतका सुविधा रहेको सेल्स एण्ड मार्केटिङ म्यानेजर गिल्वर्ट डेनियलले जानकारी गराउनु भयो । पश्चिम नेपालमा होटल व्यवसायको भविष्य राम्रो भएकोले लगानी गरेको बताउनु हुन्छ होटलका संचालक अग्नी ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ ।
उहाँले भन्नु भयो,‘पश्चिम नेपालको बाँके, बर्दिया होटल व्यवसायको लागि अर्गानिक र नेचुरल ठाउँ हो । यहाँ सम्भावना धेरै छन् । विस्तारै लगानीहरु भैरहेका छन् । आउँदा दिनमा हामीले यसलाई आन्तरिक र बाह्य पयर्टकलाई आकर्षणको केन्द्र विन्दुको रुपमा विकसित गर्न सक्छौं ।’ मंगलबार भएको ‘रि–ओपनिङ’ कार्यक्रममा सशस्त्र प्रहरीका एसएसपी गंगाराम श्रेष्ठ, एसपी नर बहादुर रावत, राना बमगणका मेजर श्री प्रसाद गोसाई लगायतको सहभागिता रहेको थियो ।