क्याब नेपले नेपालगन्जमा इभी ट्याक्सी सेवा सुरु गर्दै
Wednesday, March 19th, 2025, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ चैत
नेपालगन्जमा अब इभी ट्क्यासी सेवा सुरु हुने भएको छ । सस्तो र सुविधा युक्त सुविधा सहित इ–ड्राइभ पश्चिम नेपाल, नेप क्याबले एक सातापछि नेपालगन्जमा सेवा शुभारम्भ गर्ने तयारी गरेको छ । बुधबार एक कार्यक्रमका बिच टाटा मोर्टस र स्प्रिदी ट्रेडिङका प्रतिनिधिहरुले नेप क्याब प्राली अध्यक्ष विजय भण्डारी(बासु)लाई पाँच वटा ‘टाटा एक्सप्रेस टी’ को साँचो हस्तान्त्रण गर्नु भयो । टाटा मोर्टसले टक्याक्सीको रुपमा प्रयोग गर्न मिल्ने ‘टाटा एक्सप्रेस टी’ कार उत्पादन गरेको छ ।

……..

………
नेपालगन्जमा भएको कार्यक्रममा टाटा मोर्टसका साउथ एसिया रिजनल कस्टमर केयर प्रमुख रंगविर कुमार चौधरी, टाटा मोर्टस कन्ट्री म्यानेजर नेपाल प्रसन्न रंगनाथन र टाटा मोर्टसको नेपालका लागि आधिकारिक विक्रेता स्प्रिदी ट्रेडिङका जनरल म्यानेजर सावन्त जंग सिजापंतीले नेप क्याबका अध्यक्ष भण्डारीलाई कारको साँचो हस्तान्त्रण गर्नु भएको थियो ।
नेप क्याबले प्लेय स्टोर सुविधा सहित इभी टयाक्सी सेवाको सुरुआत गर्न लागेको अध्यक्ष विजय भण्डारी(बासु)ले बताउनु भयो । उहाँले भन्नु भयो,‘टाटा मोर्टस र स्प्रिदी टे«डिङलाई विशेष धन्यवाद यो सफलताको साँचो हस्तान्त्रण गर्नु भएकोमा । इभी टयाक्सी सेवाले यस क्षेत्रमा नयाँ रंग लाउने विश्वास छ । पश्चिम नेपालमा नयाँ आयाम थप्ने छ । अहिले हामीले प्ले स्टोरमा काम गरिरहेका छौं । छिटै भव्य समारोहको आयोजना गरेर सेवाको शुभारम्भ गर्नेछौं ।’