बढ्दो आधुनिकीकरण र तिजको मौलिकता
Tuesday, August 26th, 2025, 9:50 am
Kalpristha
लक्ष्मी बिसी
काठमाडौं, १० भदौं
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई महिलाहरुको सामुहिक उत्सव र साँस्कृतिक पहिचानको पर्वको रुपमा लिने गरिन्छ । महिलाहरुले गाउने गीत,नृत्य र भावनात्मक अभिब्यक्तिले तिजको महत्वलाई बढाएको छ । यस पर्वले महिलाको आत्मबल,सामाजिक एकता र पारिवारिक सम्बन्धलाई जोड्ने र मौलिक परम्परालाई जोगाइ राख्ने काम गरेको छ ।
नेपाली समाजमा तीज पर्व भत्ति, एकता, परम्परागत मुल्यहरुको संरक्षणको प्रतिकका रुपमा लिइन्छ । यो पर्वले महिलाहरुको आत्मिक शक्ति, मानसिक स्थिरता र सामुहिक खुसीलाई मजबुद बनाउने मत्वपुर्ण भुमिका खेल्दछ । नेपाली महिलाहरुको एकता र परम्परागत मुल्यहरुको संरक्षणको प्रतिकका रुपमा तिज पर्वलाई मनाउदै आइरहेको पाइन्छ ।
भावनात्मक अभिब्यक्ति,सामाजिक समर्थन,आध्यात्मिक शान्ति र आत्मबलको विकास मार्फत महिलाहरुलाई मानसिक रुपमा सशक्त बनाउँछ । तिज पर्व देवी पार्वती र भगवान शिवको प्रेम कथा भए पनि नेपालमा यो पर्वले आध्यात्मीकता परिवारको माया,महिलाको पुनर्मिलन र साँस्कृतिक गर्वलाई एकैसाथ बोकेको छ ।
हिमालयकी पुत्री पार्बतिले भगवान शिवलाई पतिदेवका रुपमा प्राप्त गर्न सकु भनि तपस्या गरि शिवलाई पाएको धार्मिक विश्वास रहेको छ । अविवाहिता नारिले अषल श्रिमान पाउन र विवाहिता नारिहरुले श्रीमानको आयु लामो होस भन्दै व्रत बस्ने गरेको धार्मिक विश्वास रहेको छ । यस पर्वमा महिलाहरुले रातो पहिरन र परम्परागत गहना लगाएर समुहमा भेला भई नाचगान गरि रमाइलो गर्ने गर्दछन् ।
अहिलेको युवा पुस्तामा पश्चिमी संस्कतिको प्रभाव बढि रहेको छ । बढ्दो आधुनिकताका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको देखिन्छ । तिजमा साँस्कृतिक पक्षभन्दा पनि ब्यापारिक भएर विकृति हुने खतरा बढेको बाँके चिसापानीकी अमृता बुढाको भनाई छ । सोसल मिडिया तथा सामाजिक संजालमा गरगहना,महगां साडी लगाएर भड्किला गित संगितमा रमाइरहेका दृश्य तथा फोटोले मानिसमा देखासिकीको प्रचलन बढ्दै गइरहेको छ ।
जसका कारण ऋिण सापट गरेर भएपनि चाडपर्वहरु मनाउन चलन गलत भएको उनी बताउँिछन् । धार्मिक आस्था र पारिवारिक मिलनको रुपमा तीज पर्वलाई लिनुपर्दछ । गहना र तडक भडक फेसन शैलिले सामाजिक विकृति ल्याएको पाइन्छ । चाडपर्व मनाउदा वर्गीय भिन्नता देखिनु राम्रो नहुने उनको भनाई छ ।
हिन्दु महिलाहरुले विशेष गरि केही कुरा प्राप्त गर्नको लागि गर्ने भक्ति,प्राप्त गरिसके पछिको समर्पण अनि जिन्दगीको त्यागको कुरालाई जोडेर तीज पर्वलाई मनाउने गरेको धार्मिक विश्वास रहेको छ । तर आफु सौभाग्यवति हुन तथा श्रीमानको आयुको लागि व्रत बस्ने चलनलाई जोगाउन नसकिने नेपालगन्जकी सामाजिक अभियान्ता सीता बोहराको भनाई छ ।
विश्वब्यापीकरणसंगै सबै संस्कार तथा सँस्कृतिको मिश्रण भइरहेको अवस्थामा तीजको मौलिकता बचाइराख्नु पर्छ भन्ने लाग्दैन् बोहराले भनिन् पहिले एउटै श्रीमानका ४,५ वटा श्रीमति हुने गरेको अनि श्रीमान ,घरपरिवार बाट पाएको पिडा दु.ख, अन्यायलाई तिजमा नाच गान गरेर पोख्ने चलन थियो । महिलाहरु बर्षाै पछि साथी संगिनीहरु भेटेर नाचगान गरि मन हल्का बनाउने गर्दथे । जस बाट आफु मात्र पिर चिन्तामा नभएको भन्दै महिलाहरु मन बुझाउने गर्दथे । अहिले महिलाहरु शिक्षित, सक्षम तथा आत्मनिर्भर भइरहेका छन् । समस्या के हो ? कसरी समाधान गर्ने भन्ने कुराको ज्ञान हुने हुनाले महिलाहरुले आफ्नो दु.ख, पिडा तथा समस्याहरु पोख्ने ढाँचा परिवर्तन भएको छ ।
फेसवुक, टिकटक,सञ्चार माध्यम लगाएतका सामाजिक संजालहरु अदालत, प्रहरी प्रशासन सम्म पुग्न सक्ने पहुच रहेको छ । अहिलेको अवस्थामा महिलाहरु ब्यक्तिगत स्वतन्त्रता,आत्मकेन्द्रित अभ्यास तथा आफ्नो मानसिक अवस्थालाई स्वस्थ बनाउन खुसी खोज्न थालेका छन् ।
एकै रगंका पहिरन लगाउने, महिनौ देखी दर खादै हिड्ने कुरालाई बिना अध्ययन मुल्यांकनले महिलालाई आरोप लगाउन खोजेको बोहराको बुझाइ छ । सबैको आर्थिक अवस्था एकै किसिमको हुदैन र सबै महिलारुको उर्जा, खुसी हुने तरिका फरक हुन सक्छ । त्यसैले राम्रो पक्ष संगै नराम्रो पक्षको रुपमा रहेको देखासिकी गर्ने प्रचलनले हुने खाने र हँुदा खादा महिलारु बिचको खाडल पुर्न सक्नुपर्नेमा उनको जोड छ ।
पुरानो धार्मिक विस्वास,ब्यत्तिगत स्वतन्त्रता आत्म केन्द्रित खुसी हेरेर महिलाहरु स्वतन्त्र रुपमा बाँच्न रमाउन सक्नु पनि समय अनुसारको सकारात्मक परिवर्तन हो । जहिल्यै महिलाहरुले आफ्नो पिर ब्यथा मात्र सुनाउने भन्दा पनि खुसी, रमाइलो तरिकाले तीज पर्व मान्ने प्रवृति बढ्दै जानु सकारात्मक पक्ष रहेको हो । समय अनुसार हाम्रो संस्कार सस्ंकृति सकारात्मक तरिकाले परिवर्तन हुनु समयको माग भएको बोहराको भनाइ छ । हरेक चाडपर्वहरुको सकारात्मक पक्षको मौलिकता जोगाइराख्नुपर्ने पर्दछ भने नकारात्मक पक्षहरु परिवर्तन हुनु जायज रहेको छ ।
तीजको दिनमा महिलाहरु भोक भोकै व्रत बसेर श्रीमानको खुट्टाको जल खाएर मात्र श्रीमानको आयु बढ्ने कुरामा सहमत नभएको त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा विभागक बाट भर्खरै एम.फील.सकाएकी सविना घिमिरे भनाई छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर व्रत बस्नु राम्रोे हो तर धर्मको नाममा पानी पनि नखाई व्रत बस्दा कतिपय महिलाहरुमा स्वास्थ्य समस्या देखिने गरेको छ । पहिले तीजको अघिल्लो दिन दर खाने चलन रहे पनि अहिले महिनौ सम्म दर खादै हिड्नु सामाजिक र आर्थिक रुपमा नकारात्मक रहेको घिमिरेको भनाई छ ।
दर खाने चलन फेसनको रुपमा बढ्दै गएको हो की भन्ने उनको भनाई छ । विभीन्न ठाउँमा दर खान जाने चलनले महिलाहरुमा के लगाउने,समय ब्यस्थापन कसरी गर्ने भन्ने कुरामा तनाव हुने गरेको उनि बताउँछिन् ।
कुनै बेला कुनै विन्दुमा विशेष परिवेश अनुसार चाडपर्वहरु मनाउने चलन संस्कार ठिक भएपनि समयअनुसार संस्कार तथा संस्कृतिहरु परिवर्तन हुनु स्वभाविक रहेको अन्तरध्वनि नेपालका अध्यक्ष कोहलपुर ५ की जमुना शर्माको भनाई छ । पितिृसतात्मक सोचमा गढेको नेपाली समाजमा महिलाहरु अहिले स्वतन्त्र रुपमा खुसी हुनु, भेला भएर रमाइलो गर्नुलाई विकृतिको रुपमा लिन नहुने उनि बताउँछिन् ।
पहिलेको समयमा मानिसहरु सयुक्त परिवारमा बस्दथे । यातायातको राम्रो सुविधा थिएन् , पिर ब्यथा तथा समस्या पोख्ने ठाउँ थिएन् । टाढाका आफन्त परिवार संग बार्तालाप गर्ने संचारको साधनहरु पर्याप्त थिएनन् । त्यो समयमा महिलाहरु जम्मा भएर गित संगित नाचगान मार्फत आफ्ना पिर ब्यथाहरु बाहिर ल्याउने एक उपचार पद्धतीको रुपमा तीज पर्व रहेको थियो । तर अहिलेको विश्वब्यापीकरण आधुनिक समाजमा मानिसहरु एकात्मक रुपमा बस्ने आफ्नो तरिकाले जिवन जिउने खुसि हुन चाहने क्रम बढ्दो छ । विभीन्न चालचलन, संस्कार अनुसार गित, संगितको मौलिकता सधै एकैनासको रुपमा रहन सक्दैन् । तर कुनै पनि चाडपर्वको पृष्ठभुमीलाई मर्न भने दिन नहुने शर्मा बताउँछिन् ।
तीज पर्व मनाउने स्वरुपमा परिवर्तन भयो भन्दैमा महिलाहरु सबै कुरामा सक्षम छन् भन्ने होइन् । अहिले पनि महिलाहरु धेरै किसिमका हिंसा तथा फरक किसिमका पिडामा छन् । पछिल्लो समय तीजमा गाइने गित संगितका शब्द,लय,नाचगान आधुनिक शैलीका छन् ।
पहिलेको जस्तै भाव झल्कीने खालको भाव बोकेको गित संगित सृजना गर्न सके राम्रो हुने उनको भनाई छ । ब्यत्तिगत रुपमा कहिले समय मिल्छ कसरी दर खाने भन्ने मान्छेको ब्यक्तिगत अधिकार र स्वभाव हो । अरु काम छोडेर दर खाने कार्यक्रमलाई मात्र पहिलो पाथमिकतामा राख्नु, महिनौ अघि देखी दर खाने, ऋण सापट गरेरखर्च तथा तडकभडक गर्नु गलत भएको शर्माको बुझाइ छ ।
तीज पर्वले महिलाहरुको मानसिक स्वास्थ्यमा सकारात्मक अषर पार्ने र भावनात्मक रुपमा आफुलाई निको पार्ने पर्वको रुपमा लिन सकिन्छ । पिर ब्यथालाई बाहिर ल्याउने आफुलाई मानसिक रुपमा बलियो हुने तीज पर्व अहिले रमाइलो गर्ने भड्कीलो गित संगीतले तिज पर्वको मौलिकतामा ह्रास आएको हो की भन्ने उनको बुझाइ रहेको छ ।
तीज पर्वले लोकगित,नाच र संस्कारलाई पुस्तौदेखि जोगाएर राख्छ ,बैवाहिक सम्बन्धलाई सुमधुर बनाउँछ । माइती छोरीको सम्बन्धमा प्रगाढ ल्याउँदछ । दर खाने दिन , निराहार व्रत बस्ने दिन (मुख्य तीजको दिन) क्रषि पंचमी गरि तिज पर्वलाई बाँडिएको छ । अहिलेको २१ औ शताब्दीमा आइपुग्दा तीज पर्वले महिला सशक्तिकरण, लैगिंक समानता भक्ति, प्रेम, साँस्कृतिक पहिचान बोकेको छ ।
तिजको व्रतले श्रीमानको आयु लामो हुने, राम्रो अषल पति प्राप्त हुने ,वैवाहिक सुख र पारिवारिक समृद्धि हुने कुरामा सहमत नभएको नहरिनाथ २ कोटवाडा कालिकोटकी चाँदनी विष्टको विश्वास रहेको छ । अरुले लगाएको गरगहनामा ध्यान दिने होइन आफ्नो घाँटी हेरि हाँड निल्नुपर्छ भनेझै आफ्नो अवस्था हेरेर चाडपर्व मनाउनुपर्नेमा उनको जोड छ ।
कैलाली धनगढीकी प्रेरणा पन्त राम्रो श्रीमान पाँउ भनि भनेर मात्र नभई आफ्नो तथा परिवारको सुख शान्तिको लागि व्रत बस्ने गरेको बताउँछिन् । पहिले पहिले तिजका गितमा माइत जान नपाएको सासु, ससुरा र श्रीमान विचको अन्तरद्धन्द्ध माया पिरतीका कुराहरु आउने गर्दथे भने अहिले धेरै कुराहरुमा परिवर्तन आएको ।
माइती बाट बुवा, दाजुभाई छोरी चेलीलाई लिन नआएका पीडा अभिब्यक्त्त भएका गित संगित हुन्थे भने अहिले महिला सशक्तिकरणका गितहरु आएका छन् । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । खासमा नेपाली जनजीवन परम्परा, धार्मिक विश्वास बाट उत्पत्ति भएको तीजमा आफ्नै शैलीलाई मान्यता दिनु पर्ने धादिङकी ममता बुर्लाकोटी बताउँछिन् ।
तीज पर्वको साँस्कृतिक महत्व बुझेर मनाउने भन्दा पनि रमाइलो तथा देखासिकी तथा प्रतिसपर्धाको रुपमा लिने गरिएको छ । हिन्दु महिलाहरुको विशेष पर्व तीजको आफ्नै मौलिकता र साँस्कृतिक महत्व रहेको छ । सामाजिक र साँस्कृतिक उत्सवका रुपमा लिइने तीज पर्वले महिला बिचको सम्मन्धमा एकता र सशक्त्तिकरण बढेको देखिन्छ ।
तिज महिलाहरुको सामुहिक सहभागिता र आवाजको पर्व हो । आधुनिक समयमा तीजले महिला अधिकार,लैंगिक समानता र सशक्त्तिकरणका सन्देशहरु फैलाउछ । बर्षाे पछि भेट भएका साथी संगी दौतरीहरु मिलेर सामुहिक नाचगान गरेर आफ्नो पिर ब्यथा,रमाइलो,खुसियाली साटासाट गर्ने गर्दछन् ।
मनभित्र दविएर रहेका भावनालाई बाहिर ल्याउन तिज पर्वले महत्वपुर्ण काम गरेको छ । जस बाट महिलाहरुको मानसिक स्वास्थ्यलाई राम्रो अषर पार्ने गरेको मानसिक स्वास्थ्यका क्षेत्रमा कार्य गर्दै आउनुभएका कोपीला बस्नेतको भनाई छ । सामाजिक एकता,भावनात्मक अभिब्यत्ति,आध्यात्मिक शान्ति र आत्मबल बढाउने अवसर हुँदा महिलाहरु मानसिक रुपमा बलियो र खुशी महसुस गर्छन् । बढ्दो आधुनिकता संगै तीजमा देखिने तडकभडक देखासिकिका कारण मौलिकता हराउदै गएको कतिपयको धारणा रहेको छ ।
तीज बर्षभरिको सुखदुख साटासाट गर्ने थलोको रुपमा रहने गरे पनि अहिलेको समयमा पुराना चालचलन ,गित संगीत तथा आधुनिकताले पुरानो संस्कार तथा संस्कृति अनुसारको मौलिकपन हराउनेमा कतिपयको चिन्ता छ ।
पर्वको मौलिकता लाई विर्सन नहुनेमा जोड दिनुपर्दछ । उत्ताउलो पहिरन ,पश्चिमा शैलीको नृत्य ,म्युजिक भिडियोले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ । बदलिदो समय,फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैली प्रति बढ्दो आर्कषणका कारण तीज पर्व मनाउने शैलीमा फरकपना देखिन्छ । यसलाई समय सापेक्षको परिवर्तनका रुपमा लिएर स्वीकार्नुपर्ने कतिपयको भनाई छ । तीज पर्वको मौलिकता हराउनुभएन् । तीज पर्वलाई फेसवुक र टिकटकमा देखाउनका लागि मात्र नभएर पर्वले दिन खोजेको वास्तविक अर्थ र पर्वको मौलिकतामा ध्यान दिनुपर्ने समय आएको छ ।
देखासिकी भन्दा पनि पर्वको महत्व आपसी सम्मन्ध, आफ्नो आर्थिक, शारिरिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिएर चाडपर्वहरु मनाउन जरुरी देखिन्छ ।
पछिल्लो समय फेरिएको जीवन शैली संगै चाडपर्व मनाउने प्रचलनमा पनि ब्यापक फेरबदल आएको छ ।
तीजको दर खाने स्वरुपमा पनि परिवर्तन आएको छ । आफ्नो आर्थिक अवस्था , सामाजिक, मानसिक अवस्थालाई ध्यान दिएर तिज मनाऔ । धेरै सजिसजावट रंगिन तथा भडकिलो फेसनले अरुलाई अषर पार्ने तथा समाजमा विकृति फैलिने कामलाई बन्द गरौ । चाडपर्वका नाममा देखिने विकृतिलाई न्युनिकरण गर्दै तीजको मौलिकता,परम्परागत मुल्य तथा मान्यतालाई बचाएर भावी पुस्तालाई सकारात्मक मौलिक सस्कृतिलाई हस्तान्तरण गर्नुपर्ने अवस्था आएको छ ।