सुमनाले गर्नु भयो रास्वपाबाट अलग भएको घोषणा
Sunday, September 14th, 2025, 8:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २९ भदौं
जेनजी आन्दोलनपछि विकसित भैरहेको राजनिति घट्ना क्रमकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रभावशाली नेता एवम् पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजिनामा दिनु भएको छ । सुमनाले यसअघि रास्वपाको सह–महामन्त्रीबाट राजीनामा दिनु भएको थियो ।
रास्वपा नेता एवं पूर्वशिक्षामन्त्री श्रेष्ठले पार्टीले पार्टी छोडेको जानकारी दिँदै भन्नु भयो,’अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’
पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको बताउनु भएको छ ।
उहाँले आफूलाई यस्ता गतिविधि स्वीकार्य नभएकोले पार्टी छोडेको पनि बताउनु भएको छ ।
उहाँले भन्नु भयो, ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ?’ पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उहाँको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ ।’
समानुपातिकबाट सांसद बन्नु भएको सुमना प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्री हुनुहुन्थ्यो ।सुशीला कार्की नेतृत्वको क्याबिनेटमा आफु मन्त्री बन्ने हल्ला पार्टी भित्रैबाट चलेपछि उहाँले आफू त्यस दौडमा नरहेको बताउनु भयो ।